सर्लाही— सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ। धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर सोही ठाउँमा बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसारा काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको हो । रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ।






































