काठमाडौं / उद्योग मन्त्रालयले एलपी ग्यासको आपूर्ति पर्याप्त रहेकाले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।मन्त्रालयका अनुसार बजारमा देखिएको समस्या मुख्यतः कृत्रिम अभाव र कालोबजारीका कारण उत्पन्न भएको हो। मन्त्रालयले ग्यासको कालोबजारी तथा अनियमितता नियन्त्रणका लागि नेपाल आयल निगमसँग समन्वय गरी निरन्तर अनुगमन गरिरहेको जनाएको छ। यस क्रममा भक्तपुरबाट कालोबजारीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको जानकारी पनि दिएको छ।ग्यासको अभाव देखाएर कृत्रिम संकट सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनियमित गतिविधिमा संलग्न हुने व्यक्तिमाथि कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी
काठमाडौँ / पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका हुन्। नसर्ने रोग ३० प्रतिशतले घटाउन “राष्ट्रिय आयुर्वेद रणनीति १० वर्षे तथा २० औषधिमा खुम्चिएको ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र न्ःए सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त “५ वर्षे रणनीतिक योजना“ लागू गरिएको उनले स्मरण गर
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आदिवासी समुदायको परम्परागत ज्ञान, संस्कृति र योगदानलाई राष्ट्रिय समृद्धिसँग जोड्दै विकास प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।विश्व आदिवासी दिवसका अवसरमा जारी शुभकामना सन्देशमा एमालेले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गरेको छ। पार्टीले आदिवासी समुदायले जल, जंगल, जमिन तथा प्रकृति संरक्षणमा पुर्याउँदै आएको योगदानलाई राष्ट्रिय सम्पत्तिका रूपमा सम्मान गर्नुपर्ने धारणा राखेको छ।एमालेले आदिवासी समुदायका मौलिक भाषा, संस्कृति, भेषभूषा र परम्परालाई नेपालको साझा सा
काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधानमार्फत स्थापित संघीयता, समावेशिता, सामाजिक न्याय र पहिचानका उपलब्धिलाई जोगाउँदै थप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता तथा सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उल्लेख गरे। यी उपलब्धि जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएकाले कुनै पनि बहानामा कमजोर बनाउन नहुने उनको भनाइ छ।आङदेम्बेले संविधानमा देखिएका कमजोरी संशोधन र परिमार्जनमार्फत सुधार गर्न सकिने बताए। तर जनआन्दोलन र लोक
काठमाडौं / अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज मनाइँदै छ । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषना गरेको थियो ।
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ९८, रातोबत्तीमा ७६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १८४, हर्न निषेधमा २४, लेन क्रसमा १९, अवस्था ठिक नभएको २३, एकतर्फीमा २३ र अन्यमा ६१३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं / आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । राष्ट्रिय भू–संरक्षण दिवस विसं २०३१ देखि मनाउने गरिएको पाइन्छ । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।
काठमाडौं / वरिष्ठ कलाकार बसुन्धरा भुसालले नेपालमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘आमा’ मा अभिनय गर्ने अवसर आफूले संयोगवश पाएको बताएकी छन् ।चलचित्र विकास बोर्डद्वारा आयोजित ‘ओल्ड इज गोल्ड’ कार्यक्रमअन्तर्गत ‘आमा’ चलचित्रको विशेष प्रदर्शनका अवसरमा आफ्नो अनुभव सुनाउँदै उनले त्यतिबेला आफू राष्ट्रिय नाचघरमा नभई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा संगीतको तीनवर्षे प्रशिक्षण लिइरहेको बताइन् ।‘म त्यसबेला राष्ट्रिय नाच घरमा जागिरे थिएन । बालकलाकार थिएँ । राष्ट्रिय नाचघरमा नभइ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीतमा तीन वर्षे कोर्ष गरिरहेको थिए । एकदिन क्लास छुटेपछि भुवन चन्दलाई भेट्न गए । ०१४ स
काठमाडौं / मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक समय सापेक्ष हुनुपर्ने कुरामा जोड दिइएको छ । उक्त विधेयकमाथि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले प्रतिनिधिसभाका सांसदहरुसँग गरेको छलफल कार्यक्रममा संशोधन विधेयकमा धेरै कुरा आएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूचिमा रहेको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८३ मा थप २२ वटा बुँदा संशोधन गरे समय सापेक्ष हुने एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए ।कार्यक्
काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ।मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण हुन लागेको अपांगमैत्री पुलसहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको छ। शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटवार्तामा पुल निर्माण तथा समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको हो।भेटवार्तामा ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण,पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तहबीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.