समाज

    Showing 391-400 of 11,160 items.
  • राष्ट्रिय समृद्धिमा आदिवासी समुदायको भूमिकामा एमालेको जोड

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आदिवासी समुदायको परम्परागत ज्ञान, संस्कृति र योगदानलाई राष्ट्रिय समृद्धिसँग जोड्दै विकास प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।विश्व आदिवासी दिवसका अवसरमा जारी शुभकामना सन्देशमा एमालेले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गरेको छ। पार्टीले आदिवासी समुदायले जल, जंगल, जमिन तथा प्रकृति संरक्षणमा पुर्‍याउँदै आएको योगदानलाई राष्ट्रिय सम्पत्तिका रूपमा सम्मान गर्नुपर्ने धारणा राखेको छ।एमालेले आदिवासी समुदायका मौलिक भाषा, संस्कृति, भेषभूषा र परम्परालाई नेपालको साझा सा

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 114 पटक पढिएको
  • संविधानका उपलब्धि जोगाउन आङदेम्बेको जोड

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधानमार्फत स्थापित संघीयता, समावेशिता, सामाजिक न्याय र पहिचानका उपलब्धिलाई जोगाउँदै थप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता तथा सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उल्लेख गरे। यी उपलब्धि जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएकाले कुनै पनि बहानामा कमजोर बनाउन नहुने उनको भनाइ छ।आङदेम्बेले संविधानमा देखिएका कमजोरी संशोधन र परिमार्जनमार्फत सुधार गर्न सकिने बताए। तर जनआन्दोलन र लोक

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 129 पटक पढिएको
  • अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

    काठमाडौं / अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज मनाइँदै छ । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषना गरेको थियो ।

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 124 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १३९ जनालाई कारबाही

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ९८, रातोबत्तीमा ७६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १८४, हर्न निषेधमा २४, लेन क्रसमा १९, अवस्था ठिक नभएको २३, एकतर्फीमा २३ र अन्यमा ६१३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 133 पटक पढिएको
  • राष्ट्रिय भू संरक्षण दिवस मनाइँदै

    काठमाडौं / आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । राष्ट्रिय भू–संरक्षण दिवस विसं २०३१ देखि मनाउने गरिएको पाइन्छ । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 103 पटक पढिएको
  • ‘आमा’ फिल्मबारे बसुन्धरा भुसाल: भुवनदिदी र रातो कोट सम्झिरहन्छु

    काठमाडौं / वरिष्ठ कलाकार बसुन्धरा भुसालले नेपालमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘आमा’ मा अभिनय गर्ने अवसर आफूले संयोगवश पाएको बताएकी छन् ।चलचित्र विकास बोर्डद्वारा आयोजित ‘ओल्ड इज गोल्ड’ कार्यक्रमअन्तर्गत ‘आमा’ चलचित्रको विशेष प्रदर्शनका अवसरमा आफ्नो अनुभव सुनाउँदै उनले त्यतिबेला आफू राष्ट्रिय नाचघरमा नभई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा संगीतको तीनवर्षे प्रशिक्षण लिइरहेको बताइन् ।‘म त्यसबेला राष्ट्रिय नाच घरमा जागिरे थिएन । बालकलाकार थिएँ । राष्ट्रिय नाचघरमा नभइ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीतमा तीन वर्षे कोर्ष गरिरहेको थिए । एकदिन क्लास छुटेपछि भुवन चन्दलाई भेट्न गए । ०१४ स

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 272 पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथी सांसदहरुसँग छलफल

    काठमाडौं / मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक समय सापेक्ष हुनुपर्ने कुरामा जोड दिइएको छ । उक्त विधेयकमाथि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले प्रतिनिधिसभाका सांसदहरुसँग गरेको छलफल कार्यक्रममा संशोधन विधेयकमा धेरै कुरा आएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूचिमा रहेको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८३ मा थप २२ वटा बुँदा संशोधन गरे समय सापेक्ष हुने एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए ।कार्यक्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 149 पटक पढिएको
  • स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

    काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ।मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण हुन लागेको अपांगमैत्री पुलसहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको छ। शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटवार्तामा पुल निर्माण तथा समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको हो।भेटवार्तामा ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण,पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तहबीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 239 पटक पढिएको
  • नयाँ राहदानी प्रणालीपछि सेवा सहज बन्दै, दैनिक दुई हजार आवेदन स्लट खुला

    काठमाडौं / परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएसँगै राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ। मन्त्रालयले दैनिक दुई हजारसम्म राहदानी आवेदनको स्लट खुला गरिएको र सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको जानकारी दिएको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी सेवा सुधारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनका अनुसार नयाँ प्रणाली लागू भएसँगै राहदानीका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ। सोही चापलाई व्यवस्थापन गर्न विभाग

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 256 पटक पढिएको
  • अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल

    काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज काठमाडौंमा स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण तथा न्यायप्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरेकी छन् । भेटका क्रममा परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्यायप्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्रीसमक्ष राख्नुभएको थियो। मन्त्री बादीले परिवारका भनाइ गम्भीरतापूर्वक सुन्दै उनीहरूले भोग्दै आएको पीडाप्रति गहिरो संवेदना व्यक्त गरिन् । मन्त्री बादीले न्यायका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था कुनै पनि नागरिकका ला

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 217 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.