समाज

    Showing 3,971-3,980 of 10,061 items.
  • अमेरिकाले भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको एमाले सचिव बस्नेतको टिप्पणी

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि भएको अमेरिकी हस्तक्षेपलाई साम्राज्यवादी हस्तक्षेप भन्दै निन्दनीय भएको टिप्पणी गरेका छन् ।उनले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पारेका छन् ।सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताए ।उनले विश्वशान्ति र राष्ट्रहरूको स्वाधीनताको पक्षमा अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर प्रतिरोधमा उत्रिनुपर्ने आवश्यकता औँल्याए ।‘कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरेर हस्तक्षेप गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 190 पटक पढिएको
  • पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पहिलो केन्द्रीय समिति बैठक बस्ने भएको छ।बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति माग गरिएको छ। मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने बताइएको छ।रास्वपा, ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो। पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 447 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज २ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 243 पटक पढिएको
  • खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका

    रामेछाप— विद्यालयमा खेल क्षेत्र सुधारको लागि उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षकलाई लक्षित गर्दै एथलेटिक्स विधाका खेलसम्बन्धी तालिम दिन लागेको छ ।गाउँपालिकाले सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रशिक्षण भइरहेको छ ।वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधि तथा माध्यमिक तहका खेलकुद शिक्षक सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन हुनेछ ।कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विक

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 517 पटक पढिएको
  • नारायणकाजी श्रेष्ठ भन्छन भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो

    काठमाडौं— वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्।उनले उक्त घटना स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो आक्रमण भएको बताएका छन्।‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला माथि गरेको बर्बर आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनका श्रीमतीलाई कब्जामा लिएको घटना एउटा स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको नाङ्गो आक्रमण हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।नेता श्रेष्ठले अमेरिकाले कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 486 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकमाथि दफावार छलफल हुने

    काठमाडौं— आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ ।विधायन व्यवस्थापन समितिले विधेयकलाई परिमार्जन गर्दै प्रभावकारी कानुन निर्माणमा योगदान पु¥याउने उद्देश्यले दफावार छलफललाई निरन्तरता दिँदै आएको छ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 479 पटक पढिएको
  • वन हेरालु (चौकीदार) को हत्या शव भेटियो, टाउको भेटिएन

    रौतहट— सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु (चौकीदार) को हत्या भएको छ।चौकीदारको हत्या गरिएको अवस्थामा शव फेला परेपनि अझै टाउको फेला परेको छैन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरीमा शव फेला परेको हो ।मृतकको टाउको काटिएको शरीर भेटिए पनि टाउको नभेटिएपछि अब पोखरीमा जाल हानेर खोजी गर्न लागिएको उनले जानकारी दिए ।डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।प्रहरीले वन रक्षक महतोको हत

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 465 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका- १० बस्ने झापा घर भएका ४६ वर्षीय नवीन रिजाललाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १० बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 539 पटक पढिएको
  • काठमाडौं–५ मा मेयर बालेननिकट सस्मित पोखरेलले उम्मेदवारी दिने

    काठमाडौं— काठमाडौं–५ मा महानगरका मेयर बालेन्द्र शाह (बालेन) निकट सस्मित पोखरेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । मेयर बालेनसँग नजिक रहेर काम गर्दै आएका पोखरेल हाल सिटी प्लानिङ कमिसनका सहायक विज्ञ हुन् ।महानगरको दीर्घकालीन योजना, नीतिगत सुधार र सेवा प्रवाहलाई संस्थागत बनाउने प्रक्रियामा उनको भूमिका निर्णायक मानिन्छ। विशेषतः काठमाडौंको शिक्षा क्षेत्र रूपान्तरणमा देखिएको प्रगतिमा पोखरेलको योगदान छ ।सार्वजनिक विद्यालय सुधार, पाठ्यक्रम–शिक्षण पद्धतिमा सुधार, विद्यालय व्यवस्थापनलाई पारदर्शी बनाउने नीति तथा शिक्षक क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा पछ

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 511 पटक पढिएको
  • सरकार चुनाव सार्ने बहाना खोज्दै छः मुख्यमन्त्री कँडेल

    सुर्खेत— नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो सम्भावना हटिसकेको बताए ।उनले भने पहिला दल देखाइयो तर, अहिले सरकार आफैं अन्यौलमा छ । सरकारको व्यवहारले अझै पनि चुनावप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको उनको आरोप छ । ‘सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टी

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 544 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.