समाज

    Showing 3,701-3,710 of 11,162 items.
  • नयाँ प्रणाली लागू गर्दै राहदानी विभाग, सेवा केही समय अवरुद्ध हुने

    काठमाडौं— राहदानी विभागले नयाँ प्रणाली जडान गर्ने तयारीका कारण केही समयका लागि राहदानी सेवा प्रभावित हुनसक्ने जनाएको छ। पुरानो प्रणाली हटाएर नयाँ प्रणाली लागू गर्ने क्रममा सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने विभागले सूचनामार्फत जानकारी दिएको हो।सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा करिब एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। त्यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा दिइने सेवा भने करिब एक हप्तासम्म प्रभावित हुन सक्ने बताइएको छ।विभागका अनुसार नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब एकदेखि तीन महिनासम्म समय लाग्न सक्

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 520 पटक पढिएको
  • घर बनाउने क्रममा काठले च्यापिएर एक जनाको मृत्यु

    पश्चिम– रुकुम— जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको  मृत्यु भएको हो । काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए। 

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 439 पटक पढिएको
  • आकर्षक तलबको प्रलोभनमा क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै तीनजना पक्राउ

    काठमाडौं—  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने सिन्धुली कमलामाई नगरपालिका–७ घर भएकी २९ वर्षीया सविनाखड्का र काठमाडौं टोखा नगरपालिका–११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका–९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदि

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 464 पटक पढिएको
  • समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छुः अध्यक्ष साम्पाङ

    काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।उनले लेखेका छन्,‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु १ हद भो ।’हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 426 पटक पढिएको
  • इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

    सुर्खेत— बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् । ‘इनिशालाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।फागुन २३ गते इनिशा सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टो

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 434 पटक पढिएको
  • चिलीका संगीतकारसँग मिलेर नेपाली युवा सितारवादक हिमालयन सितारले ल्याए 'वेदांशी’

    काठमाडौं— सितार वादक हिमालयन सितारले ’वेदांशी’ नामक गीत रिलिज गरेका छन् ।वेदांशी ’श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ’सेरो डुओ’सँग सहकार्य गरेका छन् ।७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिएका छन् । सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोटीफाइ लगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ । काठमाडौं विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्यूजिकलोजीमा मा

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 462 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं— नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 432 पटक पढिएको
  • पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

    काठमाडौं— पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 471 पटक पढिएको
  • कुमार पौडेलको हत्यामाथि छानविन गर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं— सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ ।अब सो आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरिक्षक सवेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुने छ ।कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन् ।जाहेरीमाथि अनुसन्धान नभएको भन्दै पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । त्यसको करिब पाँच वर

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 479 पटक पढिएको
  • जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्युु

    जुम्ला— जुम्लामा सुत्केरी भएर हेलिकप्टर मार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचार गर्दा गर्दै मृत्युु भएको छ।तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियोे। उपचारको क्रममा राती एक बजे उनको मृत्युु भएको प्रदेश अस्पतालले जनाएको छ।घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो तर प्र

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 599 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.