हेटौँडा— मकवानपुरमा सञ्चालन भइरहेको महोत्सवमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले कलाकारमाथि बियरको बोतल तथा ढुङ्गा प्रहार गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।चैत १३ गते आयोजित चर्चित गायक (सेन्ट म्यान)को कन्सर्टका क्रममा एक युवकले स्टेजतर्फ बियरको बोतल प्रहार गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटनापछि आयोजक र प्रहरीको समन्वयमा सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।अनुसन्धानका क्रममा अन्दाजी २१ वर्षीय शक्ति भोलनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्
काठमाडौं— नेकपा (एमाले) केन्द्रीय सदस्य तथा चर्चित गायिका कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ।शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा लडेर ८५ वर्षीय ललितबहादुर वलीको निधन भएको हो। छतबाट खसेपछि उनलाई अञ्चल अस्पताल, दाङ लगिएको थियो। अस्पताल पुर्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।नेतृ वलीका अनुसार उनका बुबाको पार्थिव शरीर अन्तिम दर्शन तथा श्रद्धाञ्जलीका लागि तुलसीपुरमा राखिएको छ।
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— जेनजी आन्दोलनपछि चुनाव गराउने कार्यादेशसहित गठित अन्तरिम सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका प्रकाश कुमार श्रेष्ठले १०१ दिनको कार्यकाल पूरा गरी पदबाट विदा भएका छन् । श्रेष्ठले आफ्नो कार्यकालमा सम्पादन भएका मुख्य कार्यहरू, र आगामी दिनका लागि आवश्यक सुधारका विषयहरू समेटिएको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले आफूलाई महत्त्वपूर्ण जिम्मेवारी र कार्य अनुभवको अवसर दिएकोमा अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र मन्त्रिपरिषद्लाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।छोटो समय, निर्वाचन आचारसंहिता र कर्मचारीहरूको निर्वाचनमा स
जनकपुर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा शुक्रबार उत्सव मनाइने भएको छ ।बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुसीयाली मनाउने तयारी गरेका छन् । दुई दिन पहिलादेखि नै एकडारा गाउँपालिकाका गाउँवासीहरु आजको दिनलाई भव्य उत्सवका रुपमा मनाउन जुटेका छन् ।कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले पटका र आतिसवाजीको तयारी गरेका छन् । बालेन प्रधानमन्त्री हुने भएपछि सम्पूर्ण एकडारावासी हर्सित छन् ।एकडारा गाउँका बच्चादेखि वृद्धसम्म सबै खुसी छन् । स्थानीय सुशीला देवीका अनुसार आज उनले
काठमाडौं— प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३ बाट विजयी सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्ति भइसकेका बालेन्द्रले सोबितालाई कानुन मन्त्रालयमा लैजाने कुरा पक्का भएको उनको सचिवालयले जनाएको छ।सुरूमा सोबितालाई प्रतिनिधि सभाको सभामुखमा लैजाने चर्चा थियो । तर सभामुखका लागि उनी परिपक्व नभएको भन्दै कानुन मन्त्रालयमा पठाउन लागिएको हो। सोबिता अधिवक्ता पनि हुन् ।सोबितालाई कानुन मन्त्रालयमा पठाएपछि सभामुखमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’लाई पठाइने भएको छ ।कानुन मन्त्रालय सम्हाल्ने गरी तयारी अवस्थामा र
सर्लाही— महोत्तरीमा सडक विस्तारको क्रममा ढलेको रुखले पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएका छन्। नेपाल पत्रकार महासंघ सर्लाही शाखाले यस घटनालाई सडक विभागको लापरवाहीका कारण भएको ठहर गर्दै घाइते पत्रकार दाजुभाइको उपचारको पूर्ण व्यवस्था गर्न जोडदार माग गरेको छ ।महासंघले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा घाइते पौडेल दाजुभाइको सम्पूर्ण उपचार र उचित क्षतिपूर्ति सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरिएको छ ।हरिवन नगरपालिका–४ निवासी पौडेल दाजुभाइ बुधबार सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा महोत्तरीको लक्ष्मीनियाँ चोक नजिक पूर्व–पश्चिम लोकमार्गमा दुर्घटनामा परेका थिए। सडक विभागले काट्दै गरेको
काठमाडौं— बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार नयाँ मन्त्रिमण्डल बन्दैछ। नयाँ मन्त्रीमण्डलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कसले प्राप्त गर्ने भन्ने अझै तय भएको छैन।जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयको भवन जल्दाको समस्या भने अब बन्ने स्वास्थ्य मन्त्रीले पदबहालीलगत्तै झेल्नेछन्। मन्त्रीको पदबहाली सिंहदरबारमा गराउने तयारी रहेको छ भने त्यसपछिको परिचय तथा निर्देशनात्मक बैठकका लागि रामशाहपथस्थित नेपाल हेल्थ रिसर्च काउन्सिलको भवनमा तयारी गरिएको छ। सिंहदरबारमा हल नहुँदा रामशाह पथमा पदबहाली पछिको कार्यक्रम तय गरिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।मन्त्रालयको भवन
कैलाली— गएराति चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो ।
बाजुरा— जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा धनबहादुर रावत नियुक्त भएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ निवासी रावतलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा रावतलाई अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा जिम्मेवारी दिएको हो । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकबाट विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरिएका हुन् ।जिल्ला अस्पताल बाजुरामा नियुक्त भएका रावत नेपाली कांग्रेसका हुन्। यसअघि अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपा समाजबादीका तर्फबाट सिफारीस भएका मान
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.