काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

































