काठमाडौं / टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् । ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले फिनालेमा प्रस्तुति दिएका थिए ।उपाधिसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।
काठमाडौं / सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्दै उद्योग–व्यवसाय सञ्चालनका लागि स्थिर र विश्वासिलो वातावरण निर्माण गर्ने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। रणनीतिले लगानी सुरक्षादेखि कानुनी सहजीकरण, कर छुट, राहत सुविधा र उद्योगमैत्री प्रशासनिक प्रणालीसम्मका विषयलाई प्राथमिकतामा राखेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विगतका राजनीतिक आन्दोलन र प्राकृतिक विपद्का कारण उद्योग तथा व्यवसायमा पुगेको ठूलो क्षतिलाई मध्यनजर गर्दै यस्तो रणनीति तयार गरिएको हो। सरकारले रणनीति कार्यान्वयनपछि निजी क्षेत्रको मनोबल बढ्ने, लगानीको वातावरण सुधा
काठमाडौं / चीनको ग्वाङझाउमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ दक्षिण एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा लगानीमैत्री वातावरण निर्माण, कानुनी सुधार र आर्थिक नीतिमा परिवर्तन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्।सम्मेलनमा विभिन्न देशबाट आएका गैरआवासीय नेपाली व्यवसायी, विज्ञ तथा नीति निर्माताले नेपालमा लगानीको पर्याप्त सम्भावना रहे पनि नीतिगत जटिलता, प्रशासनिक ढिलासुस्ती र लगानी सुरक्षाको अभावले विदेशी तथा गैरआवासीय नेपाली लगानी आकर्षित गर्न कठिनाइ भइरहेको धारणा राखे।एनआरएनएका पूर्वअध्यक्ष तथा दक्षिण कोरियामा व्यवसाय सञ्चालन गर्दै आएका विनोद कुँबरले नेपालमा कानुनी प्रक्रि
रामेछाप / वैदेशिक रोजगारी युवाको पहिलो रोजाइ बनिरहेका बेला रामेछाप नगरपालिका–८ बाबियाखर्कका ईश्वर घिमिरेले भने आफ्नै गाउँमा सम्भावना देखे। सीमित लगानी, निरन्तर मेहनत र कृषि प्रतिको लगावका कारण उनले आज सफल दुग्ध तथा मिश्रित कृषि व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका छन्। कृषि क्षेत्रमा सुरुवात भने उनले गाउँमै कुखुरापालनबाट गरेका थिए। अपेक्षाअनुसार सफलता हात नलागेपछि उनले पेशा परिवर्तन गर्ने सोच बनाए। तर विदेशिने निर्णय नगरी २०७२ साल पुसमा मन्थलीको कुडहरमा सरेर दुईवटा गाईबाट दुग्ध व्यवसाय सुरु गरे।दुईवटा गाईबाट सुरु भएको यात्रा आज ठूलो कृषि उद्यममा परिणत भएको छ। हाल उनको गोठमा माउ र बाच्छी
चितवन— चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहान ६ः४५ बजेदेखि नारायणगढबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको हो ।सडक सञ्चालनमा आएपछि पहिरोका कारण रोकिएका तथा नियमित आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् ।
धनगढी— नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरे । तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन् ।नेकपामा रहेका साविकका तीन पार्टी (नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी)ले आफ्नो समुहको सम्मानजनक सहभागिताको दवाव बढाएपछि नेकपाबाट मन्त्रीको टुंगो लाग्न नसकेको हो । केन्द्रमा भएको राजनीतिक फेरबदल र नेपाली कांग्रेस–एमाले गठबन्धन टुटेपछि सुदूरपश्चिममा नेकपा र नेकपा एम
काठमाडौं— बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ ।२० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ । साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो । अर्थात् एक महिनामै औसत अधिकतम दर ०.०३१५ प्रतिशतविन्दुले घटेको हो ।संस्थागत निक्षेपमा पनि ब्याजदर घटेको छ । साउनमा औसत ३.११६ प्रतिश
काठमाडौं— काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८२७ सवारीसाधनमाथि कारबाही गरिएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन ३१ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त संख्यामा कारबाही गरिएको हो।कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १६८, मादक पदार्थ सेवन गरी सवारी चलाउने ८३, सीसीटीभीमार्फत ६६, रेड लाइट उल्लङ्घन गर्ने ५५, हर्न निषेधसम्बन्धी नियम उल्लङ्घन गर्ने ७, लेन अनुशासन उल्लङ्घन गर्ने ४ र सवारीको अवस्था ठीक नभएका २० सवारीसाधन रहेका छन्।यस्तै, वन वे नियम उल्लङ्घन गर्ने ४ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ४२० सवारीसाधन कारबाहीमा परेका छन्।ट्राफिक प्रहरीले सडक अनुशासन क
विराटनगर— शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।कार्यक्रममा शिक्षाविद् डा। विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगा
लहान— स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन् । उनले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको समग्र सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिनुका साथै ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी हुन् ।पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन लहानमा प्रभावकारी ट्रमा सेवा आवश्यक रहेको उल्लेख गर्दै उनले ट्रमा सेन्टर सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने बताएकी हुन् ।यसै क्रममा मन्त्री मेहेताले सगरमाथा चौध
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.