समाज

    Showing ३०१-३१० of ११,१६२ items.
  • चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा

    चितवन / चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो । आइतबार बिहान साढे ६ बजे अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् । त्यस्तै दिला कुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ । बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ । घटना लगत्तै स

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २४४ पटक पढिएको
  • सर्वोच्चको आदेशपछि रेसुङ्गाको धर्मशाला व्यवस्थापनमा नयाँ तयारी

    गुल्मी / सर्वोच्च अदालतले रेसुङ्गा क्षेत्रमा व्यावसायिक रिसोर्ट सञ्चालनसम्बन्धी सम्झौता बदर गरेपछि अब त्यहाँको धर्मशाला व्यवस्थापन र धार्मिक पर्यटनको भविष्यबारे नयाँ बहस सुरु भएको छ। रेसुङ्गा संरक्षण समितिले धर्मशालालाई गैरनाफामूलक रूपमा सञ्चालन गर्ने तयारी थालेको जनाएको छ। रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार धर्मशालाको व्यवस्थापनका लागि नौ सदस्यीय समिति गठन गरिएको छ। समितिले धार्मिक तथा आध्यात्मिक गतिविधिलाई केन्द्रमा राखेर धर्मशाला सञ्चालन गर्ने योजना बनाएको छ। सर्वोच्च अदालतले रेसुङ्गा नगरपालिका र होटल पौवा प्रालिबीच भएको रिसोर्ट सञ्चालन सम्झौता बदर गर्दै आवश्यक

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १९३ पटक पढिएको
  • ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

    काठमाडौं / टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् । ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले फिनालेमा प्रस्तुति दिएका थिए ।उपाधिसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २३९ पटक पढिएको
  • निजी लगानी संरक्षणका लागि सरकारको नयाँ रणनीति, उद्योगमैत्री वातावरणमा जोड

    काठमाडौं / सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्दै उद्योग–व्यवसाय सञ्चालनका लागि स्थिर र विश्वासिलो वातावरण निर्माण गर्ने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। रणनीतिले लगानी सुरक्षादेखि कानुनी सहजीकरण, कर छुट, राहत सुविधा र उद्योगमैत्री प्रशासनिक प्रणालीसम्मका विषयलाई प्राथमिकतामा राखेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विगतका राजनीतिक आन्दोलन र प्राकृतिक विपद्का कारण उद्योग तथा व्यवसायमा पुगेको ठूलो क्षतिलाई मध्यनजर गर्दै यस्तो रणनीति तयार गरिएको हो। सरकारले रणनीति कार्यान्वयनपछि निजी क्षेत्रको मनोबल बढ्ने, लगानीको वातावरण सुधा

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १९४ पटक पढिएको
  • एनआरएनए सम्मेलनमा लगानी सुधार र आर्थिक नीति परिवर्तनमा जोड

    काठमाडौं / चीनको ग्वाङझाउमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ दक्षिण एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा लगानीमैत्री वातावरण निर्माण, कानुनी सुधार र आर्थिक नीतिमा परिवर्तन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्।सम्मेलनमा विभिन्न देशबाट आएका गैरआवासीय नेपाली व्यवसायी, विज्ञ तथा नीति निर्माताले नेपालमा लगानीको पर्याप्त सम्भावना रहे पनि नीतिगत जटिलता, प्रशासनिक ढिलासुस्ती र लगानी सुरक्षाको अभावले विदेशी तथा गैरआवासीय नेपाली लगानी आकर्षित गर्न कठिनाइ भइरहेको धारणा राखे।एनआरएनएका पूर्वअध्यक्ष तथा दक्षिण कोरियामा व्यवसाय सञ्चालन गर्दै आएका विनोद कुँबरले नेपालमा कानुनी प्रक्रि

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १६३ पटक पढिएको
  • आफ्नै गाउँमा अवसर सिर्जना गर्दै सफल कृषक ईश्वर घिमिरे

    रामेछाप / वैदेशिक रोजगारी युवाको पहिलो रोजाइ बनिरहेका बेला रामेछाप नगरपालिका–८ बाबियाखर्कका ईश्वर घिमिरेले भने आफ्नै गाउँमा सम्भावना देखे। सीमित लगानी, निरन्तर मेहनत र कृषि प्रतिको लगावका कारण उनले आज सफल दुग्ध तथा मिश्रित कृषि व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका छन्। कृषि क्षेत्रमा सुरुवात भने उनले गाउँमै कुखुरापालनबाट गरेका थिए। अपेक्षाअनुसार सफलता हात नलागेपछि उनले पेशा परिवर्तन गर्ने सोच बनाए। तर विदेशिने निर्णय नगरी २०७२ साल पुसमा मन्थलीको कुडहरमा सरेर दुईवटा गाईबाट दुग्ध व्यवसाय सुरु गरे।दुईवटा गाईबाट सुरु भएको यात्रा आज ठूलो कृषि उद्यममा परिणत भएको छ। हाल उनको गोठमा माउ र बाच्छी

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ३०८ पटक पढिएको
  • पहिरो हटाएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

    चितवन— चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहान ६ः४५ बजेदेखि नारायणगढबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको हो ।सडक सञ्चालनमा आएपछि पहिरोका कारण रोकिएका तथा नियमित आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २०७ पटक पढिएको
  • सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस

    धनगढी— नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरे । तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन् ।नेकपामा रहेका साविकका तीन पार्टी (नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी)ले आफ्नो समुहको सम्मानजनक सहभागिताको दवाव बढाएपछि नेकपाबाट मन्त्रीको टुंगो लाग्न नसकेको हो । केन्द्रमा भएको राजनीतिक फेरबदल र नेपाली कांग्रेस–एमाले गठबन्धन टुटेपछि सुदूरपश्चिममा नेकपा र नेकपा एम

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २१९ पटक पढिएको
  • तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

    काठमाडौं— बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ ।२० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ । साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो । अर्थात् एक महिनामै औसत अधिकतम दर ०.०३१५ प्रतिशतविन्दुले घटेको हो ।संस्थागत निक्षेपमा पनि ब्याजदर घटेको छ । साउनमा औसत ३.११६ प्रतिश

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १७१ पटक पढिएको
  • उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही

    काठमाडौं— काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८२७ सवारीसाधनमाथि कारबाही गरिएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन ३१ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त संख्यामा कारबाही गरिएको हो।कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १६८, मादक पदार्थ सेवन गरी सवारी चलाउने ८३, सीसीटीभीमार्फत ६६, रेड लाइट उल्लङ्घन गर्ने ५५, हर्न निषेधसम्बन्धी नियम उल्लङ्घन गर्ने ७, लेन अनुशासन उल्लङ्घन गर्ने ४ र सवारीको अवस्था ठीक नभएका २० सवारीसाधन रहेका छन्।यस्तै, वन वे नियम उल्लङ्घन गर्ने ४ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ४२० सवारीसाधन कारबाहीमा परेका छन्।ट्राफिक प्रहरीले सडक अनुशासन क

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ३७० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.