समाज

    Showing २,४३१-२,४४० of ११,१६२ items.
  • सुकुमबासीको अग्रिम व्यवस्थापन नगरी डोजर चलाइनु गलतः ट्रेड युनियन कांग्रेस

    काठमाडौं— नेपाल ट्रेड युनियन कांग्रेसले ११ बुँदे विशेष प्रस्ताव सार्वजनिक गरेको छ ।शासकीय सुधारसम्बन्धी कार्यक्रम अन्तर्गत सरकारले सार्वजनिक गरेको संघीय निजामती सेवा विधेयकको मस्यौदा जारी गरी ट्रेड युनियन अधिकार सम्बन्धी प्रावधानहरू हटाएकोप्रति ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको हो ।नेपालको संविधान २०७२, श्रम ऐन २०७४ र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुको विरुद्धमा सरकारको निर्णय आएकाले त्यसलाई तत्काल सच्याउनका साथै श्रमिकसँग सम्बन्धित विषयहरू सामाजिक संवादमार्फत समाधान गर्न पनि सरकारसँग माग गरिएको छ ।विभिन्न कारणले गर्दा बजारमा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण जनताको दैनिक जीवनमा गम्भीर असर प

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ४५० पटक पढिएको
  • प्रधानमन्त्री वालेनको निर्देशनपछि मन्त्रिपरिषद् परिसरमा फोटो–भिडियो खिच्न रोक

    काठमाडौं— मन्त्रिपरिषद् बैठकका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ।आइतबार बैठक सुरु हुनुअघि नै प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि सुरक्षाकर्मीहरूले पत्रकारहरूलाई क्यामेरा प्रयोग गर्न नदिएको हो ।कार्यालय परिसर बाहिरबाट दृश्य कैद गरिरहेका सञ्चारकर्मीहरूलाई समेत प्रधानमन्त्रीको तत्काल प्रतिक्रिया पछि रोकिन बाध्य पारिएको बताइएको छ।बालुवाटारबाट बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले आफ्नो तस्बिर तथा भिडियो खिचिएको देखेपछि असन्तुष्टि जनाएका थिए।उनको संकेत लगत्तै सुरक्षाकर्मी सक्रिय भई प्राङ्गणमा रहेका पत्रकारहरू

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ४८२ पटक पढिएको
  • सञ्चालनमा नै नआई खण्डहरमा परिणत हुँदै सुलिथुम्काको भ्यू टावर

    रामेछाप— रामेछापको खाँडादेवी गाउँपालिका–५ गोगनपानी सुलीथुम्कामा निर्माण गरिएको भ्यू टावर सहितका संरचनाको प्रयोग र संरक्षण नहुँदा नष्ट भएका छन् ।वाग्मती प्रदेश सरकारले सो प्रदेशका ११ वटा जिल्लामा एक साथ ११ वटा भ्यू टावर बनाएको थियो । तिनै मध्येको खाँडादेवीको भ्यू टावर पनि एक हो ।२०७७ सालमा निर्माण सम्झौता भएर ०७८ सालमा निर्माण भएको भ्यू टावर लगायतका संरचना निर्माणको लागि ३ करोड २० लाख ६० हजार ८ सय ५१ रुपैयाँ खर्च भएको थियो । भ्यू टावरसम्म पुग्ने पदमार्ग, शौचालय, प्रतीक्षालय, टिकट घर, कार्यालय भवन लगायतका संरचना निर्माण भएका थिए ।यसरी बनिसकेको संरचना सञ्चालनमा नआउँदा अहिले बेवारिसे बनेको छ । त्य

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ४६५ पटक पढिएको
  • अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरताः अन्जन श्रेष्ठ

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्नुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता भएको बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो पाँच वर्षमा पटक–पटक सरकार र गठबन्धन परिवर्तन हुँदा नीतिगत निरन्तरता कमजोर बनेको उल्लेख गरे ।“प्रत्येक सरकारसँगै नीति, प्राथमिकता र संयन्त्र फेरिँदा राम्रा नीति पनि कार्यान्वयनको पर्याप्त समय नपाएर प्रभावकारी हुन सकेनन्,” उनले भने, “छोटो लाभका लागि गरिएका निर्णयको दीर्घकालीन मूल्य अहिले अर्थतन्त्रले चुकाइरहेको छ ।”श्रेष्ठले अहिलेको अवस्थालाई अवसरका रूपमा लिनु

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ४८१ पटक पढिएको
  • ५० हजार घुस लिएको आरोपमा रौतहट अदालतका डिठ्ठाविरुद्ध मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहविरुद्ध मुद्दा दायर गरेको छ।अदालतको फैसलाबमोजिम दर्ता खारेज पुर्जी गरी रोक्का रहेको जग्गा फुकुवा गराइदिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा सिंहले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै बार्गेनिङ गरी ५० हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ।उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो ५० हजार रुपैयाँ

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ५४० पटक पढिएको
  • दीपक भट्टलाई अदालतमा बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं— सम्पत्ति शुद्धीकरण प्रकरणमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।दीपक भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश गरेको हो ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ५२७ पटक पढिएको
  • आज नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा

    काठमाडौं— नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आज आफ्नो ६०औँ साधारणसभासँगै नयाँ नेतृत्वको चरणमा प्रवेश गर्दैछ। सोमबार बिहान १० बजेबाट सुरु हुने साधारणसभा र निर्वाचन प्रक्रियाले केवल नेतृत्व परिवर्तन मात्र होइन, निजी क्षेत्रको आगामी दिशा र प्राथमिकतासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा अदालतमा मुद्दा परेपछि रोकिएको थियो, जसले महासंघभित्र केही समय अन्योल सिर्जना गरेको थियो। नेपालको औद्योगिक र व्यापारिक इतिहाससँग जोडिएको महासंघको स्थापना वि.सं. २०२२ सालमा भएको हो, जुन राजा महेन्द्रद्वारा उद्घाटित प्र

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ५२० पटक पढिएको
  • १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

    मोरङ— एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थारुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ४९५ पटक पढिएको
  • पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर वृद्धको मृत्यु

    बाजुरा— बाजुराको बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। आइतबार भएको उक्त घटनामा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार बुढा पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि आधारभूत अस्पताल कोल्टीतर्फ लैजाँदै गर्दा बाटोमै निधन भएको हो।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ४९४ पटक पढिएको
  • एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्यः अर्थमन्त्री वाग्ले

    काठमाडौं— अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए ।उनका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ । ‘हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ। यो लक्ष्य हासिल गर्न निजी क्

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ४८० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.