बाजुरा— बाजुराको बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। आइतबार भएको उक्त घटनामा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुढा पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि आधारभूत अस्पताल कोल्टीतर्फ लैजाँदै गर्दा बाटोमै निधन भएको हो।






































