समाज

    Showing 1,561-1,570 of 11,160 items.
  • विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो मन्त्री गुरुङ

    काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए ।  उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए । उनका अनुसार ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ । उनले भने,‘हामीले हेभी लिफ्टिङ ड्रोनमार्फत नेप

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 232 पटक पढिएको
  • ऊर्जा क्षेत्रमा सुधार र संस्थागत सुदृढीकरणका लागि बलराम खतिवडा समूहको प्रतिवद्धता सावर्जनिक

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानको आगामी निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा गरिएको छ ।‘परिवर्तनका लागि सहभागीतामूलक, ञप्रतिनिधिमूलक नयाँ र ऊर्जा क्षेत्रको अनुभवी नेतृत्व’ भन्ने नाराका साथ खतिवडा समूहले आफ्नो विस्तृत प्रतिवद्धता पत्र सार्वजनिक गर्दै चुनावी मैदानमा उत्रिएको हो । खतिवडा समूहले इप्पानको विधान संशोधन र संस्थागत संरचनामा देखिएको विवादलाई मुख्य एजेन्डा बनाएको छ । प्रतिवद्धता पत्रमा उल्लेख भएअनुसार, २३औं साधारण सभाले इप्पानलाई महासंघीय ढाँचामा लैजाने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गर्ने निर्णय गरे पनि

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 190 पटक पढिएको
  • भुटानी शरणार्थी प्रकरणः ठूला नाममाथि अनुसन्धान सुस्त, अदालतमा सुनुवाइ सुरु

    काठमाडौं— बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब तीन वर्षपछि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ प्रक्रिया अघि बढेको छ। पूर्वमन्त्री, बहालवाला सचिव तथा उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी रहेको मुद्दाको प्रारम्भिक सुनुवाइ बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुरु भएको हो।सरकारी वकिल कार्यालयले विभिन्न समयमा दायर गरेका तीनवटा मुद्दालाई एकीकृत गर्दै अदालतले सुनुवाइ अगाडि बढाएको छ। तर समय अभावका कारण सरकारी पक्षको बहस सुरु हुन नसकेपछि मुद्दालाई बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा पूर्वगृहसचिव टेकनारायण प

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 436 पटक पढिएको
  • अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन प्राविधिक विश्वविद्यालयबीच सहकार्य

    विराटनगर— कोशी प्रदेशस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल (बीएमसीटीएच) र मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शिक्षा, अनुसन्धान, तालिम तथा व्यावसायिक विकासका अवसर विस्तार गर्ने उद्देश्यले सहकार्य गर्ने सम्झौता भएको छ।मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल र बुढीगंगा–४ हात्तीमुढामा रहेको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयबीच बुधबार समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरिएको हो। विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा. किशोर अधिकारी र अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की नेतृत्वको टोलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 450 पटक पढिएको
  • १६ जना पदाधिकारीसहित जम्बो केन्द्रीय समिति बनाउँदै रास्वपा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नयाँ विधान मस्यौदामार्फत १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ।सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको विधान संशोधन कार्यदलले तयार पारेको मस्यौदा केन्द्रीय समितिमा पेश गरिएको हो ।प्रस्तावअनुसार एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहनेछन् ।स्रोतका अनुसार सहमहामन्त्रीको संख्या ९ पुर्‍याउने र केन्द्रीय समिति १५१ सदस्यीय बनाउने विषयमा पनि छलफल भइरहेको छ ।प्रस्तावित सचिवालय २५ सदस्यीय रहनेछ ।रास्वपाले विभिन्न राजनीतिक समूहसँग एक

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 465 पटक पढिएको
  • ३० हजारलाई निःशुल्क दादुराविरुद्धको खोप प्रदान गरिने

    काठमाडौं— बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ । गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरुलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए।आगामी असार १ गतेबाट ७ गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई उक्त खोप निःशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।उनका अनुसार दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग भएकाले यसको सङ्क्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 467 पटक पढिएको
  • न्यूरोडबाट ८ लाख ६१ हजार रुपैयाँसहित युवक पक्राउ, स्रोत खुलाउन नसकेपछि अनुसन्धान तीव्र

    काठमाडौं— काठमाडौं महानगरपालिका–२२ न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको लोकन्थली बस्दै आएका सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सविन तिमल्सिना रहेका छन्।प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नियमित निगरानी तथा चेकजाँचका क्रममा उनलाई शंकास्पद अवस्थामा फेला पारी साथमा रहेको नगद रकमबारे सोधपुछ गर्दा रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार बरामद नगद रकमको वैधानिक स्रोत, प्रयोग तथा सम्भावित आर्थिक अपराधसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको छ। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 426 पटक पढिएको
  • परीक्षा हलबाट जफत गरिएका मोबाइल नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं— सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट वाच नष्ट गरिएको घटनालाई लिएर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले परीक्षा केन्द्रमा भेटिएका मोबाइल वा अन्य विद्युतीय उपकरण जफत गरेर नष्ट नगर्न तथा त्यस्ता कार्य तत्काल रोक्न गृहमन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।यस विषयमा अधिवक्ता अनिलकुमार साहलगायतले सर्वोच्च अदालतमा रिट दायर गर्दै जफत गरिएका मोबाइल कानुनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको दाबी गरेका थिए। रिटमा परीक्षा समाप्त भएपछि जरिवाना वा अभिभावकको उपस्थितिमा मोबाइल फिर्ता गर्नुपर्ने व

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 412 पटक पढिएको
  • नागढुंगामा भन्सार छलिका आइफोन बरामद, चालकसहित थप अनुसन्धान जारी

    काठमाडौं— प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट भन्सार छली गरी ल्याइएका आइफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु.२ ख. ६५६६ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला पारेको हो।बसको चालक सिटको छेउमा झोलाभित्र लुकाएर ल्याइएका आइफोनहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । बरामद सामानसँग सम्बन्धित कुनै पनि बिलबिजक वा वैधानिक कागजात प्रस्तुत गर्न नसकिएपछि प्रहरीले ती मोबाइल नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले बरामद आइफोनहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विम

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 430 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं—  नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा  पाँच  हजार १०० र चाँदी रु ९० ले घटेको हो ।आज एक तोला सुनको मूल्य दुई लाख ८६ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 575 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.