काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नयाँ विधान मस्यौदामार्फत १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ।
सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको विधान संशोधन कार्यदलले तयार पारेको मस्यौदा केन्द्रीय समितिमा पेश गरिएको हो ।
प्रस्तावअनुसार एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहनेछन् ।
स्रोतका अनुसार सहमहामन्त्रीको संख्या ९ पुर्याउने र केन्द्रीय समिति १५१ सदस्यीय बनाउने विषयमा पनि छलफल भइरहेको छ ।
प्रस्तावित सचिवालय २५ सदस्यीय रहनेछ ।
रास्वपाले विभिन्न राजनीतिक समूहसँग एकीकरण गरेपछि पार्टीको संरचना विस्तार गर्नुपर्ने आवश्यकता देखिएको भन्दै पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउन लागिएको जनाएको छ ।
पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने तय भएको छ ।




































