रामेछाप । दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठ को मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा राखिएको छ।दुर्घटनामा वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थाम
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काभ्रेपलाञ्चोक र धनकुटामा भएका छुट्टाछुट्टै बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।काभ्रेपलाञ्चोकको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध क्षेत्रमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन्। त्यस्तै, संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटाको च्याङच्याङबारीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।दुर्घटनापछि जारी गरिएको विज्ञप्तिमार्फत सभापति थापाले ज्यान गुमाएका यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिर
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा उदीयमान प्रविधिहरूमा भारत–नेपाल साझेदारी एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक सत्रको आयोजना गरेको छ।कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो।दक्षिण एसियामै फुल स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाका एआई प्रणालीहरू निर्माण गर्ने अग्रणी कम्पनी सर्वम एआईका सह संस्थापक तथा सीईओ डा. प्रत्यूष कुमारले मुख्य सम्बोधन ग
काठमाडौं । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स एआई कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने सुझाव दिएका छन् ।नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री एनआईसीसीआईले नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले कृत्रिम बुद्धिमत्ताले विश्वव्यापी रूपमा अर्थतन्त्र, उद्योग र शासनलाई द्रुत रूपमा आकार दिँदै गएकाले नेपालजस्ता उदीयमान अर्थतन्त्रले एआईको प्रयोगमा ध्यान दिनुपर्ने औंल्याए । उदीयमान अर्थतन्त्रहरूले सार्वभौम एआई क्षमताहरू निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेडले सञ्चालक समितिको रिक्त स्वतन्त्र महिला सञ्चालक पदमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराईलाई नियुक्त गरेको छ।शुक्रबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ। नियुक्तिपछि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजित विशेष कार्यक्रममा उनलाई सञ्चालक समितिमा स्वागत गरेका छन्।भट्टराई सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव भएकी प्रशासक हुन्। उनले नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायमा जिम्मेवारी सम्हालेकी छन्।उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय योजना
काठमाडौं । सवारी नियम उल्लंघन गर्ने चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी कडा बनाउँदा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एकैदिन २ हजार २ सय २३ चालकलाई विभिन्न ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको हो। यसबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५० जना, ट्राफिक बत्ती उल्लंघन गर्ने १७७ जना र तीव्र गतिमा सवारी चलाउने ११८ जना रहेका छन्। यस्तै लेन अनुशासन नमानेका ६१ जना, अनावश्यक हर्न बजाउने १५४ जना,
काठमाडौं— बजेटमा थपघट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले ठहर गरेको छ। शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको प्रस्टीकरण नै प्रयाप्त भएको बताए। अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वाग्लेले आफूमाथि उठेका प्रश्नको जवाफ संघीय संसद् र संसदीय समितिमा दिइसकेको बताए। अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्
हुम्ला— भारत सरकारको आर्थिक अनुदानमा हुम्लाको चंखेली गाउँपालिका–२ मा निर्माण हुन लागेको नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ।उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको अस्पताल भवनको लागत करिब १४ करोड ८० लाख रुपैयाँ रहेको छ। परियोजना चंखेली गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै अस्पताल निर्माणपछि दुर्गम क्षेत्रका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भिडियो सन्
रामेछाप । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा केहीबेर अघि यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका १७ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ।स्थानीयवासी, नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मीको सहयोगमा घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।
काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को २०८३ जेठ २९ गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिएका छन् ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को कार्यावधि २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको बताए ।त्यस्तै, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा छानबिनसँग सम्बन्धित उच्चस्तरीय आयोग रावल आयोगले पेश गरेको प्रतिवेदन, २०५२ कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.