समाज

    Showing 11,041-11,050 of 11,162 items.
  • हात्तीको आक्रमणबाट दुई घाइते

    बिर्तामोड / जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ ।उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार खाती गम्भीर घाइते छन् । उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन् । उनीहरू दुवै श्रमिक हुन् । आज बिहान ७ः०० बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 144 पटक पढिएको
  • नगरपालिकाले बनायो खुला व्यायामशाला

    बिर्तामोड / कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । सो निर्माणमा नगरपालिकाको रु ४५ लाख र प्रदेश नं १ को सरकारको रु १२ लाख गरी कूल रु ५७ लाख खर्च भएको छ । व्यायामशालाका सामान

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 112 पटक पढिएको
  • बाघ–गैँडा आक्रमणबाट फागुुनमा तीनको मृत्युु,चार जना घाइते

    चितवन / राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तुु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुुनमा मात्रै राष्ट्रिय निकुुञ्ज तथा मध्यवर्ती क्षेत्र  वरपर भएका मानव–वन्यजन्तुु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुुमाउनाका साथै चार जना घाइते भएका छन् ।चितवनको तामासुर पोष्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैँडाको आक्रमणबाट मृत्युु भएको नेपाली सेनाको राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तुु आरक्ष निर्देशनालयले जनाएको छ । त्यस्तै  बर्दिया राष्ट्रिय निकुुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका–६ नौलोबाँस इलाका सामुदायिक वनमा भँैसी

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 163 पटक पढिएको
  • कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर

    बिर्तामोड / कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण भएको छ । रङरोगन र बत्ती हाल्ने काम भइरहेको मन्दिर क्षेत्र प्राचीनकालदेखि नै कोलमतेश्वर महादेवका नामले प्रसिद्ध थियो । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकालाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गर्नुभएको थियो । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक ग्रन्थमा गरिएको छ ।ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले ह्यग्रीव रूपधारण गरी उद्धार गर

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 114 पटक पढिएको
  • बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद

    सुर्खेत /बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 133 पटक पढिएको
  • जनगणनाका लागि गणना कार्यालय स्थापना

    इलाम /आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागि इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो ।विसं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिएका छन्। कार्यालयमा जनगणना अधिकारी र सहायक अधिकारीसहित पाँच जनाको दरबन्दी रहेको छ । कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र सञ्चालन गर्नेछ । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन हुनेछ । जनगणनामा खटाइने सुपरिवेक्षक

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 114 पटक पढिएको
  • एक हल गोरु पाल्ने कृषकलाई हलो

    तनहुँ / जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ । गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो । पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी गाउँपालिकाले मिनी ट्रिलरका लागि २० लाख रुपैयाँ, कुटानीपिसानी मिलमा पाँच लाख रुपैया, कृषि टनेलमा तीन लाख रुपैयााँ र हलोका लागि तीन लाख रुपैयाँ बजेट वि

    • प्रकाशित मितिः चैत २, २०७७
    • 107 पटक पढिएको
  • मदिरा सहित एक भारतिय पक्राउ

    मोरङ  / भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा –१ लंकाटोल स्थित रमेश यादवको घरबाट भण्डारण गरिएको मदिरा उंमग लेखिएको ३०० मिली ग्रामको ५७ काटुन, पलपल लेखिएको ३०० मिली ग्रामको ४० काटुन, सोफीका लेखिएको ३०० मिली ग्रामको ३७ काटुन, हरपल लेखिएको ३०० मिली ग्रामको एक सय ५२ काटुन र तीन सय मिलीग्रामको खुल्ला एक हजार नौ सय ९५ बोतल मदिरा बरामद गरेको हो । 

    • प्रकाशित मितिः चैत २, २०७७
    • 111 पटक पढिएको
  • रुखबाट लडेर एकको मृत्यु

    खोटाङ / खोटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापा रहेकी छिन्। आईतबार बेलुका घर नजिकै बारीमा दुधिलोको  घाँस झार्ने क्रममा रूखबाट लडी घाईते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २, २०७७
    • 100 पटक पढिएको
  • ढोरपाटन शिकार आरक्षको जमिन अतिक्रमण

    गलकोट / नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ । कार्यालयले निकालेको वार्षिक प्रतिवेदन २०७६/०७७ मा शिकार आरक्षको विभिन्न ३४ स्थानमा करिब १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ । अतिक्रमित जग्गामा ३ सय ११ घरधुरी रहेको आरक्षले जनाएको छ । कार्यालयले बेलाबेलामा स्थानीयवासीलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रहसमेत गर्दै आएको छ । आरक्षका अनुसार केही वर्षअघि ढोरपाटनको पा

    • प्रकाशित मितिः चैत २, २०७७
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.