समाज

    Showing 10,771-10,780 of 11,162 items.
  • सवारी दुर्घटनामा एकको मृत्यु

    मकवानपुर / मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।उनका अनुसार, बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो ।उक्त दुर्घटनामा जिप चालकसहित अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र ल्हो, जिपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 109 पटक पढिएको
  • रुखबाट लडेर १ जनाको मृत्यु

    ईलाम / ईलाममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका –५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारी रहेका छन् ।उनको आज बिहान घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 111 पटक पढिएको
  • अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने

    बिर्तामोड / समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताएका छन्। “हाल नगरपालिकाभित्र छ वटा एम्बुलेन्स सञ्चालनमा छन्, नगरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले यहाँ सञ्चालित अटोहरुलाई पनि तयारी अवस्थामा राख्न लागिएको छ”, उपप्रमुख गोपालीले भने । समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 116 पटक पढिएको
  • लमजुङमा घरेलु हिंसा बढ्दै

    लमजुङ / चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको  जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ती उजूरी परेकामध्ये ३६ वटा मिलापत्र भइसकेको छ भने २१ वटा अदालती प्रक्रियामा गएको र आठ वटाको काम भइरहेको छ ।  गत आर्थिक वर्षमा भन्दा यस चालू आवको नौ महिनासम्ममा चारवटा घरेलु हिंसा बढी भएको देखिन्छ । गत आर्थिक वर्षमा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजूरी प

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 108 पटक पढिएको
  • विकास निर्माणका काममा युवाको सक्रियता

    गलेश्वर / विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् ।वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँ बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुवँर, कृष्ण पोख्रे

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 211 पटक पढिएको
  • वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन

    बलेवा / ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र वन्यजन्तु कोषसमेतको पहलमा ब्यूरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पतिलगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संवद्र्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायबीच  समन्वय गर्ने

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 113 पटक पढिएको
  • पानीमा डुबीरहेको अवस्थामा एक पुरुष मृत फेला

    बिर्तामोड / झापाको हल्दिवारी गाउँपालिका –४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 206 पटक पढिएको
  • झापाको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाखको क्षति

    झापा / झापाको मेचीनगर नगरपालिका –१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहिवार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 258 पटक पढिएको
  • वरिष्ठ गायक प्रधानको निधन

    बिर्तामोड / वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मीएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । उनले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 116 पटक पढिएको
  • महेन्द्र पार्क अव नाममा मात्रै सिमित

    भद्रपुर / कुनै समय झापाकै सबैभन्दा धेरै पर्यटक आउने महेन्द्र पार्क अहिले नाममा मात्र सिमित भएको छ । झापाको भद्रपुर नगरपालिका वडा नं. – ८ मा रहेको महेन्द्र पार्कको स्थापना वि.सं. २०२८ मा गरिएको थियो । उक्त पार्क एक बिघा दुई कठ्ठा दश धुर क्षेत्रफलमा निमार्ण गरिएको थियो । सो पार्कमा मनोरञ्जन लिन, अवलोकन गर्नका लागि कयौँ संख्यामा पर्यटकहरु आउने गर्थे । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाको पहलमा सदरमुकामको मध्यभागमा महेन्द्र पार्क निर्माण गरिएको थियो । पार्कको बीचमा राजा महेन्द्रको मूर्ति राखिएको थियो । उक्त पार्कको मूलद्वार विभिन्न कलाकृत कुँदेर निमार्ण गरिएको थियो । मूलढोकाको सिरानीमा&nbs

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.