समाज

    Showing 10,741-10,750 of 11,162 items.
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बिर्तामोड / झापाको कन्काई नगरपालिका –३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका –७ की ७१ बर्षीया कमला माया कामीलाई ठक्कर दिंदा कामीको घटनास्तलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 110 पटक पढिएको
  • सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु

    संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिका –३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा(लुज) खस्दा शुक्लाफाँट नगरपालिका –१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । 

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 105 पटक पढिएको
  • पानीमा डुबी एक महिलाको मृत्यु

    मोरङ / जिल्ला मोरङ रंगेली ५ आँपगाछीका रमेश मण्डलको धान खेतमा बोडिङको पानी जमेको खाल्डोमा डुबेको अबस्थामा १ जना महिला मृत अबस्थामा फेला परेको छ । मंगलबार बेलुका ईलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोली खटिगई बुझ्दा सोही स्थान बस्ने ५५ बर्षीय पारु देवी रिसिदेव रहेको खुलेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 101 पटक पढिएको
  • टेम्पु भिरबाट खस्दा १ बालकको मृत्यु, ४ जना घाईते

    खोटाङ / खोटाङ जन्तेढुंगा गाउपालिका –५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ । उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो । उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६  बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो । मंगलबार बिहान १० बजे घोर्ल

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 99 पटक पढिएको
  • कोरोना कालमा पुनः जुर्मुराए गुर्जो–अभियानकर्मी युवा

    काभ्रेपलाञ्चोक / कोरोना सङ्क्रमणको दोस्रो लहरबाट उच्च जोखिम बढ्दै गएपछि बनेपाका गुर्जो–अभियानकर्मी युवा पुनः जुर्मुराएका छन् । गत सालको कोरोना कहरमा कोरोनाका बिरामी तथा संस्थागतरूपमा बहुउपयोगी रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो निःशुल्क वितरण गर्दै आएको उक्त युवा समूहले कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएलगत्तै गुर्जो वितरण अभियानलाई पुनः निरन्तरता दिएका हुन् ।अभियानको नेतृत्व गरेका बनेपा नगरपालिका–१० जनागालका युवा मुक्ति विष्टलाई हाल काभ्रेपलाञ्चोकका थुपै्र युवाले साथ दिइरहेका छन् । स्थानीय युवाले गुर्जो सङ्कलनमा साथ दिइरहेका छन् भने वितरणमा बनेपाका युवाले साथ दिइरहेको विष्टले बताए । “बि

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 179 पटक पढिएको
  • विदेशको जागिर छाडेर गाउँमा रमाउँदै अधिकारी

    तनहुँ / भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लागेका छन् । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोयर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।शुरुमा करिब १५ लाख रुपैयाँबाट व्यवसाय थालेका अधिकारीले अहिले करिब रु ७० लाख लगानी भइसकेको बताउछन् । हाल उनका खोरमा ११७ वटा बाख्रा छन् । मिर्लुङ्ग बहुउद्देश्यीय कृषिफार्म प्रालि दर्ता गरी किसान अधिकारीले भैँसीपालन तथा तरकारी खेतीसमेत गर्ने योजना बनाउछन् । बोर जातको उन्नत बोकाबाट स्थानीय जातको बाख

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 116 पटक पढिएको
  • ट्याक्सी दुर्घटना दुईको मृत्यु

    गलकोट / बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ । घाइते विकलाई उद्धार गरी बुर्तिबाङ

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 121 पटक पढिएको
  • सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

    काठमाडौँ / नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको जानकारी दिए । उनले कोरोना महामारीको समयमा जो कोहीसँ

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 106 पटक पढिएको
  • संक्रमितलाई भर्ना नगरेको भन्दै कोभिड अस्पतालमा तोडफोड

    धनुषा / कोरोना संक्रमितलाई भर्ना नगरेको भन्दै जनकपुर प्रादेशिक कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार साँझ आक्रोशित एक समूहले संक्रमितलाई भर्ना नगरेको भन्दै अस्पतालको वार्डमा जडान गरिएको उपकरणहरु तोडफोड गरेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवका अनुसार चार पाँच जनाको समूहले भेन्टिलेटर समेत तोडफोड गरेका छन् । उनीहरुले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको सुपरिटेन्डेन्ट यादवको भनाइ छ ।तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र म

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 123 पटक पढिएको
  • सगरमाथामा एकैदिन ८० आरोही

    सोलुखुम्बु / बहराइनका राजपरिवार सहित आज एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आज बिहान ६ः४० बजेको समयमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो ।  “खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुग्नुभएको छ”, आधारशिविरमा रहनुभएका विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भने, “आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो सङ्ख्यामा थपघट हुन सक्छ ।”स्वदेशी तथा विदेशी आरोहीले आज बिहान ५ बजे देखि सगरमाथाको शिखरमा पाइला टेक्न

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.