समाज

    Showing 10,671-10,680 of 11,162 items.
  • तीन दिनदेखि एक बालक बेपत्ता

    जलेश्वर / महोत्तरीको सोनमा गाउँपालिका– ४ खेस्राहा गाउँका एक बालक विगत तीन दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलबार बिहानदेखि बेपत्ता भएका हुन् ।मङ्गलबार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रष्टसँग हेर्न नसकेको व्यक्तिले हातको औँला समाउँदै डुलाउन भनी गाउँतिर लगेको घर नजिकै गोठमा काम गरिरहेकी निजकी हजुरआमा चम्पादेवीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनकी हजुरआमाले गाउँ टोलकै कोही होला भन्दै चासो लिइकी थिइनन् ।बिहान ११ः०० बजे नै बेपत्ता भएका बालक दिउँसो अबेरसम्म घर

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 114 पटक पढिएको
  • निर्माणाधीन पुलमा लडेर एक मजदुरको मृत्यु

    फुङ्लिङ / तमोर करिडोर अन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ । घटनास्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 118 पटक पढिएको
  • उपभोक्ता समुह र सरकार मिलि काठ उद्योग सञ्चालन

    जाजरकोट / सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको ७५ प्रतिशत लगानीमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० झिनचौरमा काठ उद्योग सञ्चालनमा ल्याइएको छ । खेर गएका काठलाई व्यवस्थापन गर्न उद्योग सञ्चालमा ल्याइएको हो । विभिन्न सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा काठ खेर गएको भन्दै नगरपालिकाले उद्योगमा लगानी गरी रोजगारी सिर्जना गरेको हो । उद्योगमार्फत काठको उपयोग गरी खेर गइरहेका काठबाट आम्दानी गर्ने योजना अघि सारिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए  । सामुदायिक वनबाट हरेक वर्ष बूढा रुखहरु ढलेमा र आगलागीबाट नष्ट हुँदा खेर जाने गरेको उनले बताए । विभिन्न चो

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 137 पटक पढिएको
  • शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो

    महेन्द्रनगर / प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उनी यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेकले दिएको निर्देशनअनुरुप अस्पतालमा खटिएका छन् ।सैनिक हवल्दार नेपालीको दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 100 पटक पढिएको
  • आज सीता उत्पत्ति दिवस : श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

    काठमाडौँ / प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 150 पटक पढिएको
  • लमजुङमा भूकम्पको जोखिम उच्च : २४ घण्टामा ८६ पटक धक्का

    लमजुङ / गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४,

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 144 पटक पढिएको
  • अपडेट : भाउजुको हत्याको अभियोगमा देवर पक्राउ

    विराटनगर /  मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या अभियोगमा प्रहरीले उनकै देवरलाई पक्राउ गरेको छ ।यो पनि  - रंगेलीमा महिलाको विभत्स हत्या, अनुसन्धानका क्रममा ४ पक्राउप्रारम्भिक अनुशन्धानका क्रममा उनको संलग्नता देखिएपछि मृतक अनिताको १९ वर्षिय देवर विनोद यादवलाई पक्राउ गरि अनुशन्धान अघि वढाईएको मोरङ प्रहरीले जनाएको छ । घर झगडाको विषयलाई लिएर बिनोदले अनिताको सोमबार राती आठ बजे हत्या गरेको अनशन्धानका क्रममा खुलेपछि उनलाई पक्राउ गरिएको हो ।मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुशार यस्तो छ घटना मङ्गलबार दिउँसो घरमा देवर भाउजूबीच सामान्य विषयलाई लिएर विवाद भएको थ

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 809 पटक पढिएको
  • फोहोर व्यवस्थापनमा सक्रिय बन्दै स्थानिय सरकार

    बझाङ / साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ ।  गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर विसर्जन गरिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीका नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा अस्थायी शौचालय पनि निर्माण गरेको छ । संकलन क्षेत्रमा फोहोरका कारण यार्सा उत्पादन दिनप्रतिदिन

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 112 पटक पढिएको
  • रंगेलीमा महिलाको विभत्स हत्या, अनुसन्धानका क्रममा ४ पक्राउ

    मोरङ / मोरङको रंगेली ३ कि २४ वर्षिया अनिता यादवको धारिलो हतियार प्रयोग गरी विभत्स तरीकाले हत्या भएको छ । धारिलो हतियार प्रहार गरी घाटी रेटेर हत्या पछि फ्याकिएको अनिताको शव घर भन्दा करिव डेढ किलोमिटर दक्षिणमा भेटिएको रंगेली प्रहरीले जानकारी गराएको छ ।   रंगेली ३ का बेचन यादवकी श्रीमती अनिताको शव स्थानिय तिलुवा चोक नजिकको नहरमा भेटिएको मोरङका एसपी सन्तोष खड्काले जानकारी गराएका छन् । शव भेटिए लगत्तै प्रहरीले अनुशन्धान सुरु गरेको छ  । घटनास्थल पुगेर मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङको टोलीले अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थल अनि शवको

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,425 पटक पढिएको
  • रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने

    ललितपुर / ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको हो । आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङ्मती ल्याउने तयारी गरिएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “करुणामयलाई बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी भगवान् लिन पाटन आउँछौँ ।” यसैगरी वडा २२ ले पनि कोरोनालाई ख्याल गरी ब

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.