समाज

    Showing 10,361-10,370 of 11,162 items.
  • एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

    धनगढी / धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेका हुन् । मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा कतिपय वडावासीका घरभित्र पानी पसी खाद्यान्न, लत्ताकपडालगायतका सामग्री खराब भएको वडा नं २ का स्थानीयवासी राम भट्टले बताएका छन् । उनले भने, “केही स्थानीयवासीले त घर तथा भान्सामा पानी

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 280 पटक पढिएको
  • दुई हप्ता बित्दा पनि खुलेन पहिराले अवरुद्ध भएको

    दमौली  / पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभ¥याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका सर्वसाधारणलाई प्रत्यक्ष मार परेको स्थानीयवासी रामबहादुर अधिकारीले बताए । “बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा पनि समस्या आएको छ । बिरामी हुँदा अस्पतालसम्म आउन पनि कठिनाइ भएको छ”, उनले भने, “लामो समय हुँदासम्म पनि बाटो खोल्न स

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 115 पटक पढिएको
  • बिपीको ३९औँ स्मृति दिवसमा वृक्षरोपण

    भादगाउँ / नेपाली कांग्रेस भक्तपुरका नेता तथा जिल्ला सभापति दुर्लभ थापाले बिपीले अङ्गिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । उन्नचालिस बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरद्वारा आज पार्टी कार्यालयमा आयोजित बिपीको तस्बिरमा माल्यार्पण तथा वृक्षरोपण कार्यक्रममा उनले बिपीले सधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा अझ बढी सान्दर्भिक भएकाले यसलाई सबैले अनुशरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । अध्यक्ष थापाले बदलिँदो परिस्थितिमा नेपालको संविधान, लोकतन्त्र, मुलुकको अ

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 137 पटक पढिएको
  • पाल्पामा बेमौसमी आलु खेती

    तानसेन / पाल्पामा बेमौसमी आलुखेती शुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रम अन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो ।न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधानअनुरुप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रको प्रमुख शिव अर्यालले जानकारी दिएका छन् ।उनका अनुसार हिउँदमा उमे्रको आलुको टुसालाई उपचार विधिमार्फत तयार पारिएको बीउ नै वर्षातका समयमा रोपिने गरिन्छ । जिल्लाको निस्दी र माथागढी गाउँपालिकामा ज्ञान केन्द्रले कृषि सामग्री तथा आर्थिक सहयोग गरेको छ । जिल्लाको रैनादेवी

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 152 पटक पढिएको
  • बकरीद पर्व आज मनाइँदै

    विराटनगर / इस्लाम धर्मावलम्बीको महान चाड बकरीद (ईद उल अजहा) बुधबार मनाइँदै छ । बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।धार्मिक मान्यता अनुसार अल्लाका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 142 पटक पढिएको
  • मेलमिलापको माध्यमबाट समस्या निरुपण गर्दै न्यायिक समिति

    मकवानपुर / मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दा मध्ये आर्थिक वर्ष २०७७/७८ मा ३० वटाको फैसला भएको छ । ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएको हो।समितिमा एक वर्षभित्र विभिन्न किसिमका ४६ मुद्दा परेको न्यायिक समितिका कानूनी सहजकर्ता गोपीकुमारी कार्कीले जानकारी दिएकी छन् । अघिल्लो आवमा विचाराधीन रहेकासमेत गत आवमा न्यायिक समितिमा विभिन्न आठ किसिमका उजूरी परेका थिए । दर्ता भएका मुद्दामध्ये तीनवटा अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर गोपालीले जानकारी दिएका छन् । न्यायिक समितिमा उजूरी दिएर तारिख नबुझेको र सम्पर्कमा नआएको मुद्

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 154 पटक पढिएको
  • नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि

    नवलपुर / बर्दघाट–सुस्तापूर्वमा यस वर्ष चैतेधानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो। कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी दिएका छन् । “गत वर्षको भन्दा यस वर्ष चैतेधान लगाउने क्षेत्रफलसमेत वृद्धि भएको थियो”, पौडेल भन्छन्, “गत वर्ष ६२० हेक्टर क्षेत्रफलबाट दुई हजार ९४० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ८० हेक्टर बढी क्षेत्रफलमा धान लगाइँदा उत्पादन पनि बढेको हो ।”

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 121 पटक पढिएको
  • मिथिलामा सुनसान शिवालय

    महोत्तरी / मिथिलामा साउन महिना प्रारम्भ भएसँगै शिवालयमा धार्मिक मेलाको उत्सव परम्परा छ तर यसपालि शिवालयहरु सुनसान छन् । साउन शुरु हुन केही दिनपूर्व नै गुलजार देखिन थाल्ने शिवालय यसपालि साउन लागिसके पनि सुनसान देखिएका हुन् । कोभिड–१९ महाव्याधि सङ्क्रमण सन्त्रास छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले शिवालयमा हुने मेला उत्सवमा रोक लगाएपछि देवस्थल सुनसान देखिएको हो ।साउन प्रारम्भसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना नै जारी गरेर साउन महिनामा आयोजन हुने धार्मिक मेलामा रोक लगाएको हो । जिल्लामा गत वर्ष पनि महाव्याधि सङ्क्रमण सन्त्रासले साउने मेला आयोजन भएका थिएनन् । जिप्र

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 130 पटक पढिएको
  • झापाको हल्दिबारीमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान

    झापा / हल्दिवारी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान शुरु गरेको छ । विशेषगरी सडकको स्तरोन्नति, पहुँच मार्गमा जोड्ने सडक कालोपत्र, स–साना खोला तथा होलीमा कज्वे, पुल निर्माणजस्ता कार्यलाई निरनतरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिएका छन् । आव २०७८÷७९ शुरु भएसँगै वडा कार्यालयबाट छनोट भएका योजना धमाधम निर्माण शुरु गरिएको उहाँको भनाइ थियो । उनले सबै योजना समयमै सम्पन्न गर्ने गरी थालिएको बताएका छन् । यता कृषि क्षेत्रको विकासका लागि समेत हल्दिबारीले ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 230 पटक पढिएको
  • उध्योग बाणिज्य संघ हल्दिवारी गठन

    हल्दिवारी / युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठ उध्योग बाणिज्य संघ गठन भएको छ। आज बसेको उध्योगी तथा व्यवसायीहरुको भेलाले सदस्य तदर्थ समिति गठन गरेको हो ।  समितिमा देहायका उध्योगी व्यवसायीहरु चयन भएका छन् । अध्यक्ष-सुमन मैनाली , सदस्यहरु - कृष्ण प्रसाद प्रसाईं ,महेसलाल मेचे ,सत्येन्द्र कुमार कर्ण ,कुमार कार्की ,निरज दाहाल ,सुनिल बारकोटी ,खड्ग लावती र नेत्र बिक्रम बिमली  रहेको तदर्थ समिति गठन भएको हो । हल्दिवारी गाउँपालिका भित्र २० भन्दा बढी ठुला उध्योग संचालित छ्न भने  करिव ७ सय

    • प्रकाशित मितिः साउन २, २०७८
    • 690 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.