समाचार

    Showing 9,901-9,910 of 25,706 items.
  • नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे

    काठमाडौं—  नवनियुक्त ५ जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको छ । राष्ट्रपतिका कार्यालयले सो कुराको जानकारी दिएको हो । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राष्ट्रपतिले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका थिए ।सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।  यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 581 पटक पढिएको
  • नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?

    काठमाडौं— नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ ।सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख का

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 751 पटक पढिएको
  • प्रसिद्ध ज्योतिष पण्डित डा.अधिकारीले चेपाङ बस्तीमा बाँडे राहत

    चितवन— प्रसिद्ध ज्योतिष, पण्डित, गीतकार तथा समाजसेवी डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दशैंको अवसरमा राहत वितरण गरेका छन् । विपन्न निमुखा दुई सय जना चेपाङहरुलाई चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन् । पूर्वी चितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो । लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषिय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका डा अधिकारीले दशैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए ।पूर्वीचितवन रोटरी क्लबका अ

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 579 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार तोलाको २६ सय २० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 661 पटक पढिएको
  • रुकुम पश्चिमको १० स्थानमा यात्रु सहायता कक्ष

    सुर्खेत— चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा यात्रुहरुको चाप बढी हुने स्थानमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लले जानकारी दिए । मुसिकोट नगरपालिकाको खलङगा, सेरीगाउँ, शीतलपोखरी, साँख, छिनखेत र सोलाबाङ, सानीभेरी गाउँपालिकाको सिम्ली, चौरजहारी नगरपालिकाको बसपार्क, आठबिसकोट नगरपालिकाको राडी र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा चाडवाडलक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 703 पटक पढिएको
  • महावीर पुन भन्छनः मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु

    काठमाडौं— शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् ।आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन् ।उनले लेखेका छन्, ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नू होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु हो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 630 पटक पढिएको
  • रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्ने भएको  छ ।  बैठक मंगलबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको हो । पार्टीले जारी गरेको सूचनामा बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुने उल्लेख छ । बैठकको एजेन्डामा सात मुख्य विषयवस्तु समेटिएका छन् ।पार्टीका अनुसार बैठकमा समसामयिक अवस्था र बैठकको औचित्यबारे प्रारम्भिक छलफलपछि, हालै सम्पन्न प्रदेश स्तरीय बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूको तर्फबाट प्रस्तुत गरिनेछ । त्यसपछि परिवर्तित राजनीतिक परिवेशमा केन्द्रीय सदस्यहरूको धारणा प्र

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 562 पटक पढिएको
  • इजरायली आक्रमणबाट यमनमा ३१ पत्रकारको मृत्यु

    काठमाडौं— न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) ले इजरायलले यसै महिनाको सुरुवातमा यमनमा गरेका हवाई आक्रमणबाट ३१ जना पत्रकारको मृत्यु भएको जनाएको छ । यो गत १६ वर्षयताको पत्रकारमाथिको सबैभन्दा घातक हमला भएको समितिले जनाएको छ ।समितिका अनुसार सेप्टेम्बर १० मा इजरायली आक्रमणले यमनको राजधानी साना स्थित दुई पत्रिका २६ सेप्टेम्बर र अल–यमनका कार्यालय भवनलाई लक्षित गरी आक्रमण गरेको थियो । उक्त घटनामा ३१ जना पत्रकारको मृत्यु हुनुका साथै कम्तीमा २२ जना घाइते भएका थिए ।२६ सेप्टेम्बर का प्रधान सम्पादक नासेर अल–खद्रीले भनेका छन्, “हाम्रो समाचार कक्षमा बेलुकी करिब ४ः४५ बजे प्रहार गरिएको थियो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 2,126 पटक पढिएको
  • गोरखा दरबारको दसैँघरमा जमरा राखियो

    गोरखा ६ असोज : गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा) मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उहाँले बताउनुभयो । ‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उहाँले भन्नुभयो,

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 273 पटक पढिएको
  • सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

    काठमाडौं— सरकारले दशैंलाई लक्षित गरी सोमबार (घटस्थापना) देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो ।आजदेखि  रुट परमिट खुला भएपनि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 614 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.