समाचार

    Showing 9,871-9,880 of 23,636 items.
  • ६ करोड ४५ लाख ठगी आरोपमा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

    काठमाडौं — शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जका अनुसार उनलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।वृत्तका प्रवक्ता अपिल बोहोराले अग्रवालमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए। “शेयरसम्बन्धी ठगी र विश्वासघात मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो,” बोहोराले भने। प्रहरीका अनुसार अग्रवालविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 536 पटक पढिएको
  • अध्यागमन सुधारका लागि ४५ नयाँ शाखा अधिकृत त्रिभुवन विमानस्थलमा खटाइए

    काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएका समस्याका कारण गृह मन्त्रालयले सुधारका लागि हालै लोक सेवा आयोगबाट उत्तीर्ण भएका ४५ जना शाखा अधिकृत खटाएको छ।अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, यी अधिकृतहरूलाई अध्यागमन प्रणाली, चुनौती र सुधारसम्बन्धी तीनदिने तालिम दिइएपछि आजदेखि खटाइएको हो। अध्यागमन कार्यालयका प्रमुखमा सहसचिव नरहरि घिमिरे पनि नियुक्त भएका छन्।यसअघि अध्यागमन कार्यालयमा कार्यरत ४५ जना अधिकृतलाई मन्त्रालयमा फिर्ता बोलाएर दरबन्दी मिलान प्रक्रिया अगाडि बढाइएको छ।विमानस्थलको अध्यागमन कार्यालयमा बारम्बार देखिँदै आएको अव्यवस्थापछि सरकार गम्

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 355 पटक पढिएको
  • प्रहरीको डीएसपी, एसपी र एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौं— नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको छ ।रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो ।एसएसपी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा बस्नुपर्ने बढुवा समितिको बैठक बस्न नसक्दा बढुवा बिलम्ब भएको थियो ।डीएसपी बढुवाका लागि इन्स्पेक्टरहरूको सूचीएसपीका लागि बढुवा सिफारिसमा परेकाहरूको सूचीएसएसपीका लागि बढुवा सिफारिसमा परेकाको सूची

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 593 पटक पढिएको
  • एमाले अध्यक्ष ओलीको निर्देशन : "पार्टी एकतामा बल दिँदै झुट र अफवाहको डटेर प्रतिवाद गरौं"

    काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र वैचारिक तथा नीतिगत एकता कायम रहेको भन्दै केन्द्रीय सदस्यहरूलाई एकताबद्ध ढंगमा अघि बढ्न आह्वान गरेका छन्।आजदेखि सुरु भएको एमालेको नवौं केन्द्रीय समिति बैठकको अध्यक्षता गर्दै ओलीले पार्टीमा कुनै मतभेद नरहेको बताउँदै बाह्य तत्वहरूद्वारा फैलाइएका झुट, अफवाह र षड्यन्त्रको सशक्त प्रतिवाद गर्नुपर्ने बताए।“हाम्रो पार्टी वैचारिक रूपमा एक ढिक्का छ,” ओलीले भने, “विरोधीहरूले विचार र काममा प्रतिस्पर्धा गर्न नसकेर झुटको सहारा लिन्छन्, गोयबल्स शैलीमा हमला गर्छन्, तर हामी पहिलेदेखि यस्ता चुनौतीको सामना गर्दै आएका छौं, फेरि पनि

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 335 पटक पढिएको
  • बेपत्ता शिक्षक जगतबहादुर कुँवरको खोजीमा परिवारको आग्रह, जानकारी हुनेले सम्पर्क गर्न अपिल!!

    काठमाडौं— अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका ५५ वर्षीय शिक्षक जगतबहादुर कुँवर करिब एक महिनादेखि बेपत्ता छन्। गत असार १७ गते बिहान करिब ५ः०० बजे मर्निङ वाकका लागि घरबाट निस्किएका कुँवर त्यसयता अहिलेसम्म सम्पर्कमा आएका छैनन्।कुँवर बेपत्ता भएको दिनको बेलुकाको सिसिटिभी फुटेजमा उनलाई कुरिनटार क्षेत्र हुँदै चितवनतर्फ पैदल जाँदै गरेको देखिएको परिवारले जानकारी दिएको छ। तर त्यसपछि उनको अवस्था, ठेगाना वा सम्पर्कबारे कुनै जानकारी प्राप्त हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ।कुँवरको परिवार, आफन्तजन तथा शुभेच्छुकहरूले खोजी कार्य तीव्र पार्न सबैमा

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 642 पटक पढिएको
  • प्रेमिकाको हत्या गरेर फरार, इँटा भट्टामा लुकेका प्रेमी काभ्रेमा पक्राउ

    काभ्रे — आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा शव फालेको अभियोगमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले ३७ वर्षीय सन्तोष सुनारलाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो। घटना सार्वजनिक हुनुभन्दा २४ घण्टा नबित्दै प्रहरीले अभियुक्तलाई पक्रिएको हो।गत आइतबार दिउँसो करिब २ बजे बनेपा नगरपालिका–१३ भगवान थुम्कीस्थित सामुदायिक जंगलमा चिलाउने रुखको फेदमा एक महिलाको शव कोल्टो अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट मृतक ३३ वर्षीया शर्मिला उप्रेती रहेको पुष्टि भएको हो। उनी चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्ककी स्थायी बासिन्दा हुन् भने हाल बनेपा–९ नयाँबस्तीमा बस्दै आएकी

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 391 पटक पढिएको
  • सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

    काठमाडौं— चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई सोमबार पक्राउ गरेको हो।प्रहरीका अनुसार उनलाई आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले अग्रवाललाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन्।‘अनुसन्धानका लागि हामीले अग्रवाललाई पक्राउ गरेका हौँ,’ एसएसपी अधिकारीले बताए। प्रहरीले अग्रवाललाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ।हाल प्रहरीले अग्रवालसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाइरहे

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 580 पटक पढिएको
  • विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठुला प्रसारण लाईन निर्माण गर्ने

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ ।प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 356 पटक पढिएको
  • अरुण तेस्रोमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

    सङ्खुवासभा— सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 508 पटक पढिएको
  • पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा

    मुगु – जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् । पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा– गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 638 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.