समाचार

    Showing 9,831-9,840 of 25,705 items.
  • काव्य म्युजिक अवार्डमा मोतिराजको तिजगीत ‘छड्के कपाल’ उत्कृष्ट घोषित

    काठमाडौं— गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने उद्देश्यसहित राजधानीमा “चौथो काव्य म्युजिक अवार्ड – २०८२” सम्पन्न भयो। काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको आयोजनामा नेपाल चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले आफ्नो तिजगीत “छड्के कपाल किन कोरेको” मार्फत सर्वोत्कृष्ट चाडपर्व तिजगीत अवार्ड हात पारे।उक्त गीतका निर्देशक सुरज खनाल पनि सोही गीतकै आधारमा सर्वोत्कृष्ट निर्देशक घोषित भए। मौलिक शैली र लोकप्रियताका कारण “छड्के कपाल” यसपालि विशेष चर्चा कमाउन सफल भयो।कार्यक्रममा वरिष्ठ गायक घमेश दुलालको “समुन्द्र पारी” नामक गीति–सङ्ग्रह विमोचन गरिएको थि

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 1,851 पटक पढिएको
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 620 पटक पढिएको
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ  ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 140 पटक पढिएको
  • हेटौँडामा दशैंलक्षित सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा

    हेटौँडा— नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ । हेटौँडा–२, पल्पसा सदन प्रांगणमा सुरू भएको यो बजार असोज ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ भने कारोबारको अवस्था हेरी थप दिन कायम राख्न सकिने आयोजकले जनाएको छ ।सुपथ मूल्य बजारको उद्घाटन जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गरिन् । उनले सुपथ बजारलाले उपभोक्तालाई सहज बनाउन निजी क्षेत्रको योगदानको रूपमा व्याख्या गर्दै भनिन्, ‘यसले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने, बजारलाई प्रतिस्पर्धी बनाउने र पारदर्शिता कायम गर

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 505 पटक पढिएको
  • दशैँ लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भिड

    रामेछाप ।  नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ । मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड बढेको छ । अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् । यसैगरी काठमाडौं लगायत सहरहरूमा कामको सिलसिलामा बसेकाहरू घर फर्कने क्रम बढेसँगै बजार केन्द्रमा चाप बढेको छ । अन्य पसलहरूसँगै कपडा, जुत्ता–चप्पल र खाद्यान्न पसलहरूमा उपभोक्ताको भिड देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राम्रो व्यापार भएको शुभमंगल वस्त्रालयका सञ्चालक हरेराम गुप्ता बत

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 336 पटक पढिएको
  • मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

    जनकपुर । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रिहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 313 पटक पढिएको
  • एसिया कप : आज भारत र बंगलादेश भिड्ने

    काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन् । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा बुधबार साँझ ८ः१५ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्ने भएका हुन् । आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ । पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ ।आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् । स

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 211 पटक पढिएको
  • आज कतिमा कारोबार भइरहेको सुनचाँदी ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज दुई लाख २३ हजारमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 573 पटक पढिएको
  • चालक र यात्रुलाई यातायात मन्त्री घिसिङले दिए चार-चार सुझाव

    काठमाडौं— चाडपर्वको यात्रा सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चालक र यात्रु दुवैलाई विभिन्न सुझाव दिएका छन्। दसैँका लागि यात्रुहरू काठमाडौंलगायत सहरबाट आफ्ना घर फर्कने यात्रुहरूको चाप बढिरहेका बेला मन्त्री घिसिङले बुधबार बिहान सामाजिक सञ्जालमार्फत चालकलाई चार र यात्रुलाई चार सुझाव दिएका हुन्।  उनले लेखेका छन्ः सम्पूर्ण चालक तथा यात्रुहरूमा विशेष​ अनुरोधःतपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो। त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस्।चालक साथीहर

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 579 पटक पढिएको
  • उज्यालो महानगर योजनाअन्तर्गत काठमाडौंमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

    काठमाडौं— काठमाडौं महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ ।  काठमाडौं महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो ।महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।उनका अनुसार आजसम्म १२ वटा जडान भइसकेको र बाँकी लाइट पनि दसैँअगाडि नै जडान गरिसकिनेछ । महानगरपालिकाले मुलुकको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा दुईवटा ‘हाई मास्ट लाइट’ जडान गरिसकेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 514 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.