काठमाडौं— गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने उद्देश्यसहित राजधानीमा “चौथो काव्य म्युजिक अवार्ड – २०८२” सम्पन्न भयो। काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको आयोजनामा नेपाल चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले आफ्नो तिजगीत “छड्के कपाल किन कोरेको” मार्फत सर्वोत्कृष्ट चाडपर्व तिजगीत अवार्ड हात पारे।

1932074a-7f26-45f6-970e-e2e7ffe0be82

उक्त गीतका निर्देशक सुरज खनाल पनि सोही गीतकै आधारमा सर्वोत्कृष्ट निर्देशक घोषित भए। मौलिक शैली र लोकप्रियताका कारण “छड्के कपाल” यसपालि विशेष चर्चा कमाउन सफल भयो।

कार्यक्रममा वरिष्ठ गायक घमेश दुलालको “समुन्द्र पारी” नामक गीति–सङ्ग्रह विमोचन गरिएको थियो। दक्षिणकाली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा अभिनेता कृष्ण मल्ल प्रमुख अतिथि थिए।

अवार्डमा पपुलर अफ दि ईयर गायिका सारदा रसाइली, सर्वोत्कृष्ट गायिका कोपिला तामाङ, सर्वोत्कृष्ट लोकगीत राजन भुजेल, आधुनिक संगीतकार दिपक तिरुवा, सर्वोत्कृष्ट बालगायिका लाक्पा डोमा शेर्पा, समाजसेवा सम्मान अमृता फाउन्डेशनसहित दर्जनौँ कलाकार र सर्जकले सम्मान प्राप्त गरे।

01694bab-21e8-470c-a833-5425a5a0431e

अवार्ड संयोजक रमेश श्रेष्ठको स्वागत मन्तव्य र दिपेन्द्र शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई आयोजकले सभ्य र भव्य रूपमा सम्पन्न भएको जनाएका छन्।