समाचार

    Showing 9,791-9,800 of 25,705 items.
  • एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन प्रतितोला तोलाको एक हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहिबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको दुई हजार ७ सयमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 550 पटक पढिएको
  • भालुको आक्रमणबाट एक महिला गम्भीर घाईते

    बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा वडा नम्बर ३ धनाल्तका भिम रावतकी ४५ बर्षकी श्रमती जौकला रावत रहेकी छन् । उनलाई मेलगडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर गम्भीर घाईते बनाएको हो । रावत बजारबाट काक्रा बिक्रि गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन् ।  उनका अनुसार,गम्भीर घाईते भएकी रावतको पाखुरा,खुट्टा र टाउको र मुखमा चोटपटक लागेको बताएकी छन् । गम्भीर घाईते भएकी उनलाई उपचारको लागी बयलपाटा अस्पताल अछाम लगिएको बताईएको छ । छेडेदहमा भाल

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 562 पटक पढिएको
  • लेनदेनको विषयमा विवाद हुँदा सुनसरीमा एक जनाको हत्या

    सुनसरी— लेनदेनको विषयमा उत्पन्न विवाद हिंसात्मक झगडामा परिणत हुँदा इटहरी उपमहानगरपालिका–१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ।घटनामा संलग्न भएको आरोपमा स्थानीय ५५ वर्षीय लाले चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिटका कारण गम्भीर घाइते भएका रामकुमारलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार राति उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले घटनापछि तत्काल लाले चौधरीलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार लेनदेनसम्बन्धी विवादकै कारण झगडा भएको बताइएको छ।घटनासम्बन्धी थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 594 पटक पढिएको
  • जेनजी आन्दोलनमा उद्योग विभागको भवन क्षतिग्रस्त, सेवा भने सुचारु

    काठमाडौं—  जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट उद्योग विभागको भवन र अन्य संरचनामा क्षति पुगेको छ। आन्दोलनकारीहरूले विभागको भवन बाहिरका भागमा ढुंगामुढा तथा तोडफोड गरेपछि केही भौतिक संरचना क्षतिग्रस्त भएका हुन्।यद्यपि, विभागले आफ्नो प्राविधिक तथा प्रशासनिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जनाएको छ। विभागका अनुसार आन्तरिक कर्मचारीको समन्वय र सुरक्षाकर्मीको सहयोगमा सेवा प्रवाहमा कुनै बाधा नआएको हो।घटनापछि सुरक्षाका दृष्टिले विभाग परिसरमा थप प्रहरी परिचालन गरिएको छ। विभागले सेवा लिन आउने सेवाग्राहीलाई संयमता अपनाउन आग्रह गरेको छ भने क्षति मूल्यांकनको काम सुरु भइसकेको जनाएको छ।सरकारले आन

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 564 पटक पढिएको
  • पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस

    काठमाडौं— पशुपति विकास कोषको सदस्य–सचिव पदमा नारायण भण्डारी को नाम सिफारिस गरिएको छ । हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो।जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भण्डारीलाई सो पदमा पु¥याउन आन्दोलनकै नेताहरूले समेत पहल गरेका थिए। उनका साथ अन्य नामहरू पनि सिफारिसमा परे तापनि भण्डारी सबैभन्दा अगाडि परेका छन्।सदस्य–सचिव पदमा नियुक्त भएपछि उनले कोषका नीतिगत, आर्थिक तथा प्रशासनिक कार्यहरूको संयोजन गर्ने, समितिका बैठक एजेण्डा तयारी गर्ने र कार्यान्वयन सुनिश्चित गर्ने, पारदर्शी व

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 615 पटक पढिएको
  • नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच छ बुँदे सम्झौतामा हस्ताक्षर

    काठमाडौं— रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर पश्चात सम्झौता पत्र अदलाबदलि गरेका छन् । उक्त सम्झौता अनुसार दुबै महासंघले चेसलाई आपसी मित्रता र समझदारीको माध्यमका रूपमा उपयोग गर्दै विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन्।सम्झौतामा दुबै पक्षबीच चेस लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडी टोलीहरूको दुई देशीय आपसी भ्रमण गरिने व्यवस्था गरिएको छ । यस्तैगरी नेपाल र रसियामा खेलाडीहरूको तालिम सञ्चालन ग

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 716 पटक पढिएको
  • विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

    दोधारा चाँदनी (कञ्चनपुर), ९ असोजः प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो । “यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ” उहाँले भन्नुभयो, “दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।” विपिनको रिहाइका लागि यसअघि इजरायल सर

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 242 पटक पढिएको
  • मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न

    जनकपुर— मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ। बैठक मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको अध्यक्षतामा बसेको थियो।बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले शिक्षाका लागि विदेशिने ठूलो रकमलाई देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर रोक्नुपर्नेमा जोड दिए। साथै उनले विना सीप वैदेशिक रोजगारीमा जानेहरुको संख्या अझै पनि उच्च रहेको उल्लेख गर्दै रोजगारीका लागि अत्यधिक गएका मुलुकका विश्वविद्यालयहरूसँग सहकार्य गरी सीपसम्बन्धी शिक्षा प्रदान गरेर युवालाई दक्ष बनाउनुपर्नेमा जोड

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 531 पटक पढिएको
  • बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ? कुन–कुन खुले, कुन छन् बाँकी ?

    काठमाडौं— बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोला पहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो । गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि  पृथ्वी राजमार्ग ठप्प भएको थियो । त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ । तुइन खोलामा आज पनि पहिरो पन्छाउने क्रम

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 486 पटक पढिएको
  • दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित

    काठमाडौं— दक्षिण चीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी “रगासा” ले व्यापक असर पु¥याएको छ । बुधबार दिउँसो दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको तटीय क्षेत्रमा आएको यस आँधीबेहरीले भीषण हावा र मुसलधारे वर्षा गराएको छ । यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।ग्वाङ्डोङ प्रान्तीय आपतकालीन व्यवस्थापन विभागले आँधी आउनुअघि नै पूर्वतयारी स्वरूप करीब १० लाखभन्दा बढी जनतालाई सुरक्षित स्थानमा सारेको छ । साथै, तटीय क्षेत्रमा नियन्त्रणात्मक उपायहरू

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 592 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.