समाचार

    Showing 9,781-9,790 of 25,705 items.
  • घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

    काठमाडौँ, ९ असोजः घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो । नेपाल याता

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 356 पटक पढिएको
  • भक्तपुरमा राँगाको व्यापार : ९० हजारदेखि एक लाख रुपैंयाँसम्मका राँगा रोजाइमा

     भक्तपुर । दशैँको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ । हरेक वर्ष दशैँ विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ ।नेवार समुदायले राँगाको मासु अत्याधिक प्रयोग गर्ने भएकाले पनि दशैँको लागि भनेर विभिन्न जिल्लाबाट राँगा भक्तपुर भित्र्याएका हुन् । दशैंलाई लक्षित गर्दै भक्तपुरको महेश्वरी चौरमा दशैँको लागि भनेर सस्तो व्यापार मेला पनि लाग्ने गरेको छ । राँगा व्यापारी दिपक बुढाथोकीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा रामेछाप मन्थलीबाट दशैँको लागि भनेर ३५ वटा राँगा ल्याएको बताए । उनले ४० लाख लगानीमा ल्याएका राँगाहरु एउटाको ९० हजारदेखि एक लाख रुपैंयाँभन्दा ब

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 437 पटक पढिएको
  • ललितपुर–१ बाट सनोज महतको स्वतन्त्र उम्मेदवारी, कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकार मुख्य एजेण्डा

    काठमाडौं । सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकारको मुख्य एजेण्डा अगाडी सारेका छन् । नागरिक पहिलो अभियानका अभियान्ता समेत रहेका महतले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन २१ गते हुने निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।पछिल्लो समयमा ‘दलतन्त्र नै लोकतन्त्र हो भनेर पार्टी नेताहरुले लाोकतन्त्रको नाममा दलतन्त्र र नेता तन्त्र थोपरेको’ भन्दै स्वतन्त्र उम्मेदवारी दिएको जिकिर उनले गरेका छन् । नेता र नेताहरुका आसेपासेले देशलाई भ्रष्टाचारको आहाल बनाएकोले जेन्जीहरुको आन्दोलन

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 350 पटक पढिएको
  • भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश स्वीकृत

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेनजी आन्दोलनको क्रममा देशमा ठूलो धनजनको क्षति भएको भन्दै त्यसको पुनःनिर्माण गर्ने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले असोज ५ गते गरेको निर्णय अनुसार भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका हुन् । उनले भने, ‘भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको छ । उक्त

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 383 पटक पढिएको
  • केन्द्रीय कारागारबाट भागेका २० जना भक्तपुरमा पक्राउ

    काठमाडौं— भदौ २४ गतेको प्रदर्शनपछि केन्द्रीय कारागारबाट भागेका २० जना कैदी भक्तपुरबाट पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार पक्राउ परेकामध्ये १९ जना पुरुष र १ जना महिला छन्। उनीहरूलाई फिर्ता लगेर केन्द्रीय कारागार, जगन्नाथदेवमा बुझाइएको छ।प्रदर्शनपछि देशभरका २८ वटा कारागार र ९ बालसुधार गृहबाट १४,५४९ जना कैदीबन्दी भागेका थिए।त्यसमध्ये बुधबारसम्म ७,७३५ जना पुनः नियन्त्रणमा आइसकेका छन्। अझै ६,८१३ जना फरार छन्।यसबीच, भाग्ने क्रममा सेनाको गोली लागेर १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 609 पटक पढिएको
  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् । बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् । देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ती शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो । प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 297 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

    पोखरा— कास्कीको पोखरा–१ हरिचोकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।दुर्घटनामा पोखरा–२५ हेम्जा क्रान्तिटोलका २५ वर्षीय मानदेव गुरूङ गम्भीर घाइते भएका थिए। उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।ग ३ प ७३१७ नम्बरको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ग १ ख ९९६१ नम्बरको ट्रक र मोटरसाइकलका चालक दुवैलाई प्रहरीको नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 493 पटक पढिएको
  • जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो

    काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ८ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ९८८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।प्राधिकरणका अनुसार सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३०७ दाबीमार्फत ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि ओरिएन्टल इन्स्योरेन्सले ८६ दाबीमार्फत ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १९६

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 365 पटक पढिएको
  • नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए । उनले भने,‘उहाँ आफैंले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो । म अब मेरो भूमिका बदल्छु भनेर भन्नुभएको थियो । सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्यो भनेर प्रस्ताव अघि सार्छु भनेर भ

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 347 पटक पढिएको
  • फुलपाती नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै, ६ दिनमा दुई लाख बढीले काठमाडौं छाडे

    काठमाडौं— बडादशैंको मुख्य दिनहरू नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या तीव्र रूपमा बढेको छ। विशेष गरी फुलपातीको दिन नजिकिँदै गर्दा यात्रुको चाप झन् बढेको ट्राफिक प्रहरीले जनाएको छ।पछिल्ला ६ दिनमा मात्रै दुई लाखभन्दा बढी मानिस उपत्यका छाडेका छन्। थानकोट, बालाजु, साँगा र दक्षिणकाली जस्ता नाकाहरू हुँदै यात्रुहरू आफ्नो गन्तव्यतर्फ गइरहेका छन्।मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले बन्द हुँदा वैकल्पिक मार्गका रूपमा बिपी राजमार्गमा सवारी चाप अत्यधिक बढेको छ। यसले गर्दा केही स्थानमा सवारी चल्न ढिलो भइरहेको छ।यस वर्ष दशैंको समयमा देशका विभिन्न भागमा परेको बाढी र पहिरोका कारण यात्रा थप

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.