पोखरा— कास्कीको पोखरा–१ हरिचोकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
दुर्घटनामा पोखरा–२५ हेम्जा क्रान्तिटोलका २५ वर्षीय मानदेव गुरूङ गम्भीर घाइते भएका थिए। उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ग ३ प ७३१७ नम्बरको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ग १ ख ९९६१ नम्बरको ट्रक र मोटरसाइकलका चालक दुवैलाई प्रहरीको नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ।