काठमाडौं— भदौ २४ गतेको प्रदर्शनपछि केन्द्रीय कारागारबाट भागेका २० जना कैदी भक्तपुरबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार पक्राउ परेकामध्ये १९ जना पुरुष र १ जना महिला छन्। उनीहरूलाई फिर्ता लगेर केन्द्रीय कारागार, जगन्नाथदेवमा बुझाइएको छ।

प्रदर्शनपछि देशभरका २८ वटा कारागार र ९ बालसुधार गृहबाट १४,५४९ जना कैदीबन्दी भागेका थिए।

त्यसमध्ये बुधबारसम्म ७,७३५ जना पुनः नियन्त्रणमा आइसकेका छन्। अझै ६,८१३ जना फरार छन्।

यसबीच, भाग्ने क्रममा सेनाको गोली लागेर १० जनाको मृत्यु भएको पुष्टि भएको छ।