समाचार

    Showing 9,051-9,060 of 19,621 items.
  • पाथीभरा केबलकार घटनाः वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोगको आग्रह

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अनुरोध गर्दै उक्त आग्रह गरेको हो । ‘विकास निर्माणका क्रममा आउन सक्ने यस प्रकारका असहमति र विवादको समयमै पहिचान तथा सम्बोधन गर्न, विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन गर्न जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘झडपका क्रममा घाइते व्यक्तिको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्नु, एकापसमा

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 132 पटक पढिएको
  • दुई वर्षअघि निर्मित सार्वजनिक शौचालय प्रयोगविहीन

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ वनसमिति बजारमा दुई वर्षअघि निर्माण गरिएको शौचालय प्रयोगविहीन भएको छ । रु पाँच लाखमा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको शौचालयमा ट्याङ्की राखिए पनि पानीको व्यवस्था नहुँदा प्रयोगमा आउन नसकेको हो ।‘पानीको व्यवस्था गर्न नल्का (धारा) मा जडान गरिएको विद्युतीय मोटरसहित नल्का चोरी भएपछि निर्माण भएको शौचालय प्रयोगमा आउन सकेको छैन’, शुक्लाफाँटा–६ का वडाध्यक्ष दानसिंह ऐरले भने, ‘शौचालयमा रङ्गरोगन गरिएको छैन, शौचालयसम्म पुग्ने बाटो, घेरबार केही छैन । निर्माण मात्रै भए पनि प्रयोगमा ल्याउन सकिएको छैन ।’ वडासँगै थोरै बजेट हुँदा शौचालय प्रयोगमा ल्याउन नसकिएको उनले बताए ।न

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 123 पटक पढिएको
  • दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भीड

    धरान (सुनसरी) । इटहरी–२० तरहराका राधिका बस्नेत प्रत्येक वर्ष स्वस्थानी व्रत बस्छिन् । उनी पूजाका लागि दन्तकाली मन्दिरमा जान्छिन् । ‘दैनिकजसो पूजा गर्न आउन नपाए पनि स्वस्थानी व्रतको समयमा म सधैँ दन्तकाली मन्दिरमा पूजा गर्न आउँछु, यहाँ आएर पूजा गर्न पाउँदा मन प्रशन्न हुन्छ’, उनले भनिन् ।धरान उपमहानगर–१४ विजयपुरमा रहेको पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा स्वास्थानीको व्रत सुरु भएपछि बिहानैदेखि दर्शननार्थीको भीड लाग्ने गरेको छ । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण मन्दिरमा पूजा गर्ने भक्तजनको बाक्लो उपस्थितिका कारण भिड लाग्ने गरेको छ । मन्दिरका पूजारी विश्वराज

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 152 पटक पढिएको
  • देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो

    दमौली (तनहुँ) । प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गरेका थिए ।महामहोत्सवमा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिए । उनले भने, ‘शनिबार देशका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।’ विश्व जागरण महाअभियान

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 123 पटक पढिएको
  • बसाइँसराईको वर्तमान अवस्था, चुनौती र समाधान

    काठमाडौं— नेपालमा बसाइँसराई तीव्र गतिमा बढिरहेको छ । आधुनिक सेवा सुविधा खोज्दै शहर बजारमा बसाइँ सर्ने दिन प्रतिदिन बढेका छन् । विगतलाई हेर्ने हो भने भौतिक पूर्वाधारको अभावले मानिसहरू शहर वा विकास भएका ठाउँमा बसाइँ सर्ने प्रवृत्ति थियो ।तर, पछिल्लो समय गाउँमा बाटो घाटो, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीलगायत सेवा सुविधाहरू पुग्दा-पुग्दै पनि शहरको आकर्षण बढेको देखिन्छ ।राष्ट्रिय जनगणना, २०७८ अनुसार पछिल्लो पटक एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने कुल जनसंख्या ९३ लाख ४१ हजार ४०८ छ । सबैभन्दा पहिले राष्ट्रिय तथ्याङ्क कार्यालयलको जनगणनाले देखाएको बसाइँ सर्नुका प्रमुख कारणबारे चर्चा गरौं ।यसरी मान

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 762 पटक पढिएको
  • यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

    काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आइतबारकोे लागि तरकारी र फलफूलको भाउतोकेको छ ।आइतबार गोलभेँडाठूलो न्यूनतममूल्य ६० रुपैयाँप्रतिकिलोमा बिक्रीभइरहेको छ ।यसैगरी सानो गोलभँेडालोकल २०, रातो आलु ३६,सुकेको प्याज ६८, गाजर २०, बन्दालोकल १०, बन्दा तराई १०, बन्दानरिवल १०, स्थानीयकाउली १०, स्थानीयकाउलीज्यापु १५, तराई काउली १०, सेतो मुला १०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ४०, घिउसिमी ५०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँप्रतिकिलो बिक्रीभएको छ ।यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 159 पटक पढिएको
  • पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु

    महोत्तरी । पुरातत्व विभागले  बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे ÷नरहेको  अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली शनिबार बर्दिबास आइपुगेको छ । ‘हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ’, पुरातत्वविद ज्ञवालीले भने, ‘यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक महत्वको स्थल हो ।’अहिलेको बिपी राजमार्ग (बर्दिबास–बनेपा राजमार्ग)को बर्दिबास–३ पाटुमा यो ठाउँ दुई दशकअघि जर्मन अन्वेषक गुडन कार्विन्सले पत्ता लगाएका हुन् । नुभएको हो । उनकै अध्

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 220 पटक पढिएको
  • नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

    सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो ।दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुमगन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाले बताए । हिल्सादेखि किटसम्म अत्याधिक चिसो रहेको जनाइएको छ । सीमानाकामा अवाञ्छित घटना हुन नदिन, सीमास्तम्भको अवस्था बुझ्न र सुरक्षाकर्मीबीच एकापसमा समन्वय बढाउन संयुक्त अनुगमन गरिएको सशस्त्र प्रहरी

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 187 पटक पढिएको
  • बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

    धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन्  ।गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन् । बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए । तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ ।बर्खामा बाढी आएर बगा

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 249 पटक पढिएको
  • सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै

    जलेश्वर (महोत्तरी) । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका–५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याई भएको छ । त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 184 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा