समाचार

    Showing 5,701-5,710 of 25,583 items.
  • रवि लामिछानेविरुद्ध अभियोग फिर्ता गर्ने निर्णयमाथि सर्वोच्चमा सुनुवाइ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ।आइतबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटको सुनुवाइ भइरहेको हो।यसअघि माघ ८ गते न्यायाधीश शर्मा र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिए पनि न्यायाधीश ढकालले हेर्न नमिल्ने जनाएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसभन्दा अघि माघ ६ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्त

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 475 पटक पढिएको
  • अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द

    काठमाडौं— संयुक्त राज्य अमेरिकामा एकसातादेखि तीव्र बन्दै गएको भिषण हिमपातका कारण १४ हजारभन्दा बढी उडान रद्ध भएका छन् ।शनिबारदेखि सोमबारसम्म १४ हजार ८ सयभन्दा बढी उडान रद्द भएका छन भने दशवटा राज्यमा आपतकाल घोषणा गरिएको छ ।हिमपातका कारण खतरनाक सडक अवस्था सिर्जना भएसँगै विभिन्न राजमार्गहरू बन्द गरिएका छन् । फ्लाइटअवेयरको तथ्यांक उद्धृत गर्दै सिएनएनले जनाएअनुसार अमेरिकी एयरलाइन्सका निर्धारित उडानमध्ये ४३ प्रतिशत र अटलान्टास्थित डेल्टा एयरलाइन्सका ३५ प्रतिशत उडान ग्राउन्ड गरिएका छन् ।शनिबार मात्रै डलास र चार्लोट केन्द्रित गरी ४ हजारभन्दा बढी उडान रद्द भएका थिए भने सोमबारसम्म न्यूयोर्क र बोस्टन क्षे

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 472 पटक पढिएको
  • कांग्रेसले जिते देश हराभरा बन्छः बंशलाल तामाङ

    काठमाडौं— नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले देश बदल्न आफूहरू नै बदलिनुपर्ने धारणा व्यक्त गरे । उनले सोच परिवर्तनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने उल्लेख गर्दै कांग्रेसले जितेमा देशलाई हराभरा र समृद्ध बनाउन सकिने बताए ।उनले भने, ‘देश बदल्नको लागि हामीले बद्लिनुपर्छ, सोच बद्ल्नु छ । त्यो सोच बदल्नको लागि नेपाली कांग्रेसलाई जिताउनुपर्छ । कांग्रेसलाई जिताउन सक्यौं भने देशलाई हराभरा बनाउन सकिन्छ

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 522 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनः मधेश प्रदेशमा मतदान जारी

    जनकपुर— राष्ट्रिय सभामा रिक्त रहेको १७ सदस्यको पदका लागि मतदान भइरहेको छ ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा विहान ९ बजेदेखि मतदान जारी रहेको छ । मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेका छन् भने ३६४ जना मतदाता रहेका छन् ।३६४ जना मतदातामध्ये १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् ।आइतबार भइरहेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस—एमाले—जसपा नेपाल गठबन्धनमा छन भने नेकपाले एक्लै चारवटै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेको छ ।जसपा नेपालको समर्थनमा लोसपाबाट अन्यमा सर्लाहीका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट अल्पसंख्यकतर्फ सप्तर

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 436 पटक पढिएको
  • डिजिटल र उत्कृष्ट कारोवार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान

    मुगु— राष्ट्रिय बाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा शनिबार मुगुका ७ जना व्यापारीहरु सम्मानित भएका छन् । वाणिज्य बैंकको (६०४) शाखा कार्यालय मुगुले डिजीटल कारोवार, कृषि व्यवसाय कारोवार, अनलाईन कारोवार र सबैभन्दा बढी कारोवार गर्ने व्यापारीहरुलाई सम्मान गरेको हो ।सम्मानित हुनेमा रविन्द्र टेर्डसका सञ्चालक रवि रावत ,सन्तोस हार्डवयर एण्ड सप्लायर्सका बाँचुकला रावत, एटु जेट किराना पसलका बसन्त बुढा, छाँयानाथ कोशेली घरका सञ्चालक चेतना शाही ,आर।बि सप्लायर्सका प्रोप्राइटर रामभक्त रोकाया ,गौरी स्टोरका कमल बहादुर बुढा, शोभा जनरल स्टोर एण्ड सप्लायर्सका प्रोपाइटर मनशोभा बोगटी रहेका छन् ।विगतका दिनमा लेज

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 494 पटक पढिएको
  • एमाले प्रवेश गर्दै दीपेन्द्र अग्रवालले भने- ‘केपी ओलीकै पालामा सेयर बजारले १० हजारको इन्डेक्सको यात्रा तय गर्छ’

    काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले केपी ओलीकै पालामा सेयर बजारले १० हजार इन्डेक्सको यात्रा तय गर्ने बताएका छन् । शनिबार एमालेको मुख्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्दै अग्रवालले यस्तो बताएका हुन् । ‘‘म यति भन्न सक्छु, उहाँकै सरकारको पालामा बजारले १० हजारको इन्डेक्सको यात्रा तय गर्नेछ ।’, अग्रवालले भने । अग्रवालले आफू सेयर बजारको भविष्य सुरक्षित गर्न नेकपा एमालेमा प्रवेश गरेको पनि बताएका छन् । ‘म र मसँग हजारौँ लगानीकर्ता कुनै पद वा फाइदाको लागि होइन, पूँजी बजारको भविष्य सुरक्षित गर्न नेकपा एमालेमा प्रवेश गरेका छौँ ।’, अग्रवालले भने, ‘यो राजनीतिक यात्रा मात्र होइन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 168 पटक पढिएको
  • ६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए

    काठमाडौं— चालु आर्थिक वर्षको पहिलो छ महिनामा १२ लाख ५२ हजार थान स्मार्टफोन आयात भएका छन्, जसको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँँ रहेको छ । भन्सार मूल्यमा नेपाली बजारमा हुने बिक्री मूल्य थपिँदा मोबाइलको खुद्रा मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि हुने गरेको छ । यही मूल्य वृद्धिका कारण मात्रै करिब ९ अर्ब ३१ करोड रुपैयाँँ थप भई कुल कारोबार ३२ अर्ब ६१ करोड रुपैयाँँ बराबरको मोबाइल कारोबार भएको छ । यस अवधिमा राज्यले मोबाइल आयातबाट मात्रै करिब ४ अर्ब ३४ करोड रुपैयाँँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वषको पहिलो छ महिनामा भने ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएका थिए। त्यसबेला मोबाइलको भन्सार मूल्य

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 517 पटक पढिएको
  • नागढुंगामा खैरो हेरोइनसहित युवक पक्राउ

    काठमाडौं— नागढुंगा चेकपोइन्टबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् ।प्रहरीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँचका क्रममा ७ ग्राम खैरो हेरोइन बरामद गरेको हो। प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको संयुक्त टोलीले बसमा सवार न्यौपानेलाई पक्राउ गरेको हो।शंकाको आधारमा गरिएको व्यक्तिगत तलासीका क्रममा न्यौपानेले ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइ राखेको ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रह

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 496 पटक पढिएको
  • आजै राष्ट्रिय सभा निर्वाचनको एकमुस्ट नतिजा सार्वजनिक हुने

    काठमाडौं— कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुस्ट नतिजा साँझ ५ बजेसम्म सार्वजनिक भइसक्ने बताएका छन्।रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ। कोशी प्रदेशको एक पद भने निर्विरोध भइसकेको छ।भण्डारीका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुने र त्यसपछि २ घण्टाभित्र मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिनेछ। उनले सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको जानकारी दिए।प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचनका लागि कोशीमा विराटनगर, मधेसमा जनकपुर, बागमतीमा हेटौँडा, गण्डकीम

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 469 पटक पढिएको
  • ३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

    काठमाडौं— तीन दिनदेखि बेपत्ता रहेका प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका हुन्।  घोराही–२, रामपुर स्थायी ठेगाना भएका जिसी जिल्ला प्रहरी कार्यालयका चालकसमेत थिए। ८ गते बिहान ड्युटी सकेर स्कुटी लिएर घरबाट निस्किएका जिसी त्यसयता सम्पर्कविहीन भएका थिए। प्रहरीद्वारा खोजतलास गर्ने क्रममा उनको शव घोराही–१८ स्थित घरडौरा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 461 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.