काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले नदी आसपासका सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीका कारण कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ भने करिब ४० किलोमिटर सडक भत्किएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ।बाढीको तीव्र बहावले पुलका संरचना कमजोर बनाउनुका साथै कतिपय स्थानमा सडकको ठूलो भाग नै बगाएको छ। सडक तथा पुलमा भएको क्षतिका कारण त्रिशूली नदी करिडोरका विभिन्न क्षेत्रमा यातायात आवागमन प्रभावित भएको छ। यसले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री पुर्याउने काममा समेत चुनौती थपिएको छ।क्षतिग्रस्त सडकखण्डमा यातायात सञ्चालन पुनःस्थापि
काठमाडौं । रसुवामा बुधबार आएको विनाशकारी बाढीपछि ३ सय ८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकसँग सम्पर्क स्थापित हुन नसकेपछि उनीहरूको अवस्थाबारे चिन्ता बढेको छ।नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २ सय ९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्।बोर्डले ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त विवरण संकलन गरी यो संख्या सार्वजनिक गरेको हो।भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायत क्षेत्र प्रभावित भएपछि त्यस क्षेत्रमा रहेका पर्यटकसमेत प्रभावित भएका हुन्।विशेषगरी उत्तरी रसुवाका केही क्षेत्रमा सञ्चा
काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ। बाढीले बगाएर ल्याएका सात जनाको शव नुवाकोट र धादिङमा फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार फेला परेका शवमध्ये नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव भेटिएको हो। बाढीको बहावसँगै शवहरू तल्लो तटीय क्षेत्रमा पुगेका हुन्।रसुवाबाट सुरु भएको बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएर नुवाकोट र धादिङसम्म पुगेको छ। त्यसपछि बाढीको प्रभाव चितवनतर्फ समेत देखिएको छ।बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्याएपछि तल्लो तटीय क्षेत्रमा समेत खोज तथा उद्धार अभियान तीव्र पारिएको छ। सुरक्षा निकायल
काठमाडौं / त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ ।बाढीबाट प्रभावित सडक खण्डमा यातायात सञ्चालन पुनःस्थापित गर्न सडक विभागले आवश्यक भारी उपकरण परिचालन गरेको छ । विभागले क्षतिग्रस्त क्षेत्रमा डोजर, एक्स्काभेटरलगायतका मेसिनरी उपकरण परिचालन गरी सडक खुलाउने र क्षतिको थप मूल्यांकन गर्ने काम अघि बढाएको जनाएको छ । त्रिशूली नदी किनारका विभिन्न सडक तथा पुलमा क्षति पुगेकाले आवागमन प्रभावित भएको छ । विभागले प्रभावित क्षेत्रमा पुनःस्थापना र मर्मतको काम ती
काठमाडौं / बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने भएको छ ।बुधबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त रकम तत्काल पठाउन लागिएको जानकारी दिए ।डा. उप्रेतीका अनुसार विपद्को अवस्थाप्रति सरकार अत्यन्त संवेदनशील रहेको र मन्त्रिपरिषद् ९क्याबिनेट० बैठकबाट थप आवश्यक निर्णयहरू लिइएको बताए
काठमाडौं / तिब्बत क्षेत्रमा आज बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि हिमपहिरो गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो ।तर भूकम्पविद् लोकविजय अधिकारीले भने ४.५ म्याग्निच्युडको उक्त भूकम्प पछि रसुवामा भिषण बाढी आएको बताएका छन्। कुराकानीमा अधिकारीले बिहान ८ बजेर २० मिनेटमा तिब्बत क्षेत्रमा २.६ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प बाढी आउनुअघि गएको भए पनि यसको म्याग्निच्युड निकै कम भएकाले बाढी जानमा प्रभाव पारेको हुनसक्ने सम्भावना न्यून रहेको उनले बताए ।उनका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा तिब्बतमा ४.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । उक्
काठमाडौं / पहाडबाट खसेको पहिरोले नदी थुन्यो, नदी थुनिएपछि बनेको पानीको दबाबले बाटो खोज्यो र त्यसको परिणाम नेपालमा देखियो—अकल्पनीय बाढीका रूपमा।तर प्रश्न अब बाढी आयो कि आएन भन्ने होइन। प्रश्न हो—खतरा टरिसक्यो त ?प्रारम्भिक वैज्ञानिक मूल्याङ्कनअनुसार चीनतर्फको घटनासँग जोडिएको ल्हेन्दे नदीमा बनेको प्राकृतिक अवरोध अझै पूर्ण रूपमा खुलेको छैन। त्यहाँ पानीको ठूलो मात्रा बाँकी रहेकाले अर्को चरणमा पानी एक्कासि निकास भए नेपालतर्फ फेरि बाढीको लहर आउन सक्ने जोखिम औँल्याइएको छ। नेपाल र चीनका वैज्ञानिकबीच भएको प्रारम्भिक छलफलअनुसार बाढीको कारणका रूपमा हिमपहिरोले ल्हेन्दे नदी थुनिनुलाई हेरिएको छ। प्रारम
काठमाडौं / तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको टिमुरेस्थित भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। बाढीका कारण कार्यालय भवन, भौतिक संरचना तथा आसपासका पूर्वाधारमा ठूलो क्षति पुगेको भन्सार विभागले जनाएको छ।भन्सार विभागका महानिर्देशक यमलाल भूसालका अनुसार कार्यालयमा कार्यरत ३७ कर्मचारीमध्ये हालसम्म १७ जनासँग मात्र सम्पर्क हुन सकेको छ भने बाँकी २० जना अझै सम्पर्कविहीन छन्। उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको र उपलब्ध माध्यमबाट अवस्थाबारे जानकारी संकलन भइरहेको उनले बताए।भूसालका अनुसार अहिलेको प्रमुख प्राथमिकता सम्पर्कविहीन कर्मचारीहरूको खोजी, उनीहरूको सुरक्षाको सुनिश्च
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल गरेका हुन् ।भेटमा त्यस क्षेत्रका सांसदहरूले आ–आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए । त्यसअघि, प्रधानमन्त्री शाह
काठमाडौं / चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।नेपाल बाढी सूचनाले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण जुनसुकै बेला नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.