समाचार

    Showing २५१-२६० of २६,८०२ items.
  • सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका २० ढोका खोलिए

    काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्न थालेपछि कोशी ब्यारेजका २० वटा ढोका खोलिएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ढोका क्रमशः खोलिएको हो।पानीको बहाव बढेसँगै सप्तकोशी आसपासका नदी तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदीको अवस्था निगरानी गरिरहेका छन्।वर्षाका कारण नदीमा थप पानीको मात्रा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ।

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४१३ पटक पढिएको
  • नेपालको दुःखमा चीनको साथ : दुई कार्गो विमान, २० लाख डलर र विशेषज्ञ टोली पठाउँदै

    काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधन र पूर्वाधारको क्षतिप्रति चीनले सहयोग बढाउने तयारी गरेको छ।चिनियाँ पक्षले आपत्कालीन राहत सामग्री बोकेका दुईवटा कार्गो विमान नेपाल पठाउने तयारी गरेको जनाएको छ। प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउने चीनको तयारी छ।त्यसैगरी, चीनले नेपाल सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने तयारी गरेको बताइएको छ। उक्त रकम बाढी–पहिरो प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा आपत्कालीन व्यवस्थापनमा प्रयोग गरिने अपेक्षा गरिएको छ।बाढीका कारण सडक, पुल, जलविद्युत आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेपछि

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ३५८ पटक पढिएको
  • रसुवा बाढी अपडेटः मृतक संख्या ६६९ पुग्यो, २ हजार ३६२ जना अझै बेपत्ता

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म ६६९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार फेला परेका मृतकमध्ये १४८ महिला, २६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन।बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रमा खोजी गर्ने क्रममा २११ वटा आंशिक मानव अंगसमेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये २० वटा पहिचान गरी कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइसकिएको छ। २ हजार ३६२ जना अझै सम्पर्कव

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ८९० पटक पढिएको
  • सुनसरीमा ठूलो परिमाणमा गाँजा बरामद

    सुनसरी । कोशी गाउँपालिका–३ श्रीपुरस्थित काँसको घारीबाट प्रहरीले ५७५ किलो गाँजा बरामद गरेको छ।लागूऔषध गाँजा काँसको घारीमा लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको थियो। छापा मार्ने क्रममा काँसको घारीमा त्रिपालले छोपेर लुकाइएको अवस्थामा ५७५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा बरामद गाँजाको स्रोतबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।हाम्रो प्रश्न : यति ठूलो परिमाणको गाँजा श्रीपुरको काँसघा

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ३९८ पटक पढिएको
  • बाढीको कहरबाट जोगिएका २१ भारतीय तीर्थयात्री स्वदेश फर्किए, जयशंकरले गरे नेपाली सेना र सरकारको प्रशंसा

    काठमाडौं । नेपालको बाढी तथा विपद्का बीचबाट सकुशल उद्धार गरिएका २१ जना भारतीय तीर्थयात्री अन्ततः स्वदेश फर्किएका छन्। तमिलनाडुका ती नागरिकहरूलाई भारतका विदेशमन्त्री डा. एस. जयशंकरले स्वागत गर्दै उनीहरूले भोगेको त्रासदीपूर्ण अनुभवबारे जानकारी लिएका छन्।जयशंकरले तीर्थयात्रीहरूको अनुभव सुन्दा आफू भावुक बनेको बताएका छन्। विपद्को कठिन परिस्थितिमा उनीहरूको उद्धारका लागि नेपाली पक्षले देखाएको तत्परता र साहसको उनले प्रशंसा गरेका छन्।नेपाली सेनाको उद्धार प्रयासको विशेष प्रशंसा  : संकटको समयमा साहसिक तथा मानवीय उद्धार कार्य गरेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरले नेपाली सेना र नेपाल सरकारलाई व

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५९९ पटक पढिएको
  • बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड

    काठमाडौं— रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजी गर्दै परिवारजन नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुगेका छन्।बाढीपछि विभिन्न स्थानमा खोजीका क्रममा फेला परेका शवहरू पहिचान तथा व्यवस्थापनका लागि सेनाको ब्यारेकमा ल्याउने गरिएको छ। आफन्तहरू आफ्ना परिवारका सदस्यको अवस्था बुझ्न तथा फेला परेका शवमध्ये आफ्ना आफन्त भए–नभएको पहिचान गर्न ब्यारेकमा पुगिरहेका छन्।ब्यारेकमा ल्याइएका केही शव सड्न थालेपछि दुर्गन्ध फैलिएको छ। शव पहिचान तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र आफन्तहरूले मास्क लगाएर काम गरिरहेका छन्।बाढीमा ठूलो संख्यामा मानिस बेपत्ता भएपछि आफन्तहरू

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५०२ पटक पढिएको
  • बुद्ध एयरको आग्रहः सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

    काठमाडौं— बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ ।कम्पनीले जारी गरेको सूचनामा भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट भएको जनधनको अपूरणीय क्षतिप्रति आफूहरू सुरुदेखि नै गम्भीर रहेको उल्लेख गरेको छ ।बुद्ध एयरले यात्रुहरूलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर खोज्न अनुरोध गरेको छ । कम्पनीका अनुसार वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज एवं

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४८० पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३ भदौ १२ गते बसेको बैठकको निर्णय नं। अनुसार विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको  एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५५३ पटक पढिएको
  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

    काठमाडौं— भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज (शनिबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ । बाढीपहिरोको जोखिम बढेपछि नागढुंगा–मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । लेदोका कारण अवरुद्ध भएका विभिन्न स्थानमा सफाइ भएपछि सडक सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४६७ पटक पढिएको
  • रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी, क्लब, व्यक्ति तथा नागरिकस्तरबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुकलाई सहयोग गर्न आग्रह गरेको हो ।भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै प्रशासनले तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री संकलन गर्न लागेको जनाएको छ ।काठमाडौंमा संकलन हुने

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४६२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.