सुनसरी । कोशी गाउँपालिका–३ श्रीपुरस्थित काँसको घारीबाट प्रहरीले ५७५ किलो गाँजा बरामद गरेको छ।

लागूऔषध गाँजा काँसको घारीमा लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको थियो। छापा मार्ने क्रममा काँसको घारीमा त्रिपालले छोपेर लुकाइएको अवस्थामा ५७५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा बरामद गाँजाको स्रोतबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

हाम्रो प्रश्न : यति ठूलो परिमाणको गाँजा श्रीपुरको काँसघारीसम्म कसरी पुग्यो ? यसको पछाडि संगठित गिरोहको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।