काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्न थालेपछि कोशी ब्यारेजका २० वटा ढोका खोलिएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ढोका क्रमशः खोलिएको हो।
पानीको बहाव बढेसँगै सप्तकोशी आसपासका नदी तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदीको अवस्था निगरानी गरिरहेका छन्।
वर्षाका कारण नदीमा थप पानीको मात्रा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ।






































