काठमाडौं । नेपालमा आएको भीषण बाढीपहिरोपछि इन्फोसिस पब्लिक सर्भिसेजका प्रमुख (CEO) लक्ष्मिनाथ ‘लक्ष’ गोपिसेट्टी सम्पर्कविहीन भएका छन्।
व्यक्तिगत भ्रमणका क्रममा नेपाल आएका गोपिसेट्टीसँग बाढीपछि सम्पर्क टुटेको इन्फोसिसले जनाएको छ। उनको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कम्पनीले बताएको छ।
नेपालमा बाढीपहिरोका कारण ठूलो मानवीय क्षति भइरहेका बेला गोपिसेट्टी पनि बेपत्ता सूचीमा परेका हुन्। भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल–तिब्बत सीमा क्षेत्रमा भएको विपद्का कारण सयौँ भारतीय नागरिकसमेत अझै सम्पर्कविहीन छन्।
गोपिसेट्टी सार्वजनिक क्षेत्रका संस्थालाई रणनीति, प्रविधि, सञ्चालन तथा डिजिटल रूपान्तरण सम्बन्धी परामर्श दिँदै आएका वरिष्ठ प्राविधिक अधिकारीका रूपमा चिनिन्छन्।






































