समाचार

    Showing 25,251-25,260 of 26,065 items.
  • इलामको फाकफोकथुममा पुरुषको शव फेला

    इलाम / इलामको फाकफोकथुममा एक पुरुषको शव फेला परेको छ । फाकफोकथुम –२ गोलेगाउँ निवासी अन्दाजी ५८ वर्षीय दानबहादुर तामाङ (गैरीघरे माइला) को शव फेला परेको हो । सोमबार दिउँसो स्थानीयवासीले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । फाकफोकथुम–२ को पुतलीखर्क भन्ने स्थानमा मृतावस्थामा बाटोमा भेटिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । एकतप्पा प्रहरी चौकीको टोलीले अनुसन्धान गरिरहेको भए पनि के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।  शवको पहिचान भएपश्चात परीक्षणका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले

    • प्रकाशित मितिः असार २९, २०७८
    • 64 पटक पढिएको
  • नदि कटान तिब्र हुदाँ टीकापुर नगरपालिकाका चार वडा खतरामा

    टीकापुर / कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । नदी कटान भएर बस्तीमा पसेमा नगरपालिकाका चार वडा खतरामा पर्ने देखिएको छ ।नदी कटान भएमा वडा नं ५, ६, ७ र ८ का नागरिक प्रभावित हुनेछन् । सिँचाइ आयोजनाले छ वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको छ । गत वर्ष पनि सो तटबन्ध भत्किएपछि आयोजना, नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा

    • प्रकाशित मितिः असार २९, २०७८
    • 65 पटक पढिएको
  • कर्तव्य ज्यान मुद्दाका फरार सदा पक्राउ

    सिरहा / सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा छ महिना चार दिन कैद सजाय पाएर फरार कर्जन्हा नगरपालिका–३ खैराटोल निवासी ३९ वर्षीय श्रीप्रसाद सदालाई पक्राउ गरेको हो ।आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सदालाई पक्राउ गरिएको र आज जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

    • प्रकाशित मितिः असार २९, २०७८
    • 51 पटक पढिएको
  • हतियारसहित सिरहाबाट दुई युवक पक्राउ

    सिरहा / सिरहाको गोलबजारबाट हतियारसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो ।गोप्य सूचनाका आधारमा जाँच गर्दा दुवै जनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक म्याग्जिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन् । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।&n

    • प्रकाशित मितिः असार २९, २०७८
    • 55 पटक पढिएको
  • पर्वत-बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध

    पर्वत /  पहिरोको कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो ।पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ । डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिइए पनि सेना समेत सफ

    • प्रकाशित मितिः असार २९, २०७८
    • 58 पटक पढिएको
  • सङ्घ सरकारद्वारा पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत

    दमौली / पहिराबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार चार लाख रुपैयाँ राहत वितरण भएको हो ।तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही दुई लाख रुपैयाँका दरले राहत रकम वितरण गरेका छन् । सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिले पनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताएका छन् ।पहिरामा पर

    • प्रकाशित मितिः असार २९, २०७८
    • 65 पटक पढिएको
  • कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला स्थापना

    कर्णाली / वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो ।यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला हो । कर्णालीमा प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता थियो । पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रभाकरप्रसाद सिंहले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ठूलो क्षमताको प्रयोगशाला स्थापना गरिएको जानकारी दिएका छन् ।उनका अनुसार एक करोड ७३ लाख ३० हजार रुपैयाँको लागतमा प

    • प्रकाशित मितिः असार २९, २०७८
    • 61 पटक पढिएको
  • लागूऔषध सहित एक पक्राउ

    बिर्तामोड / झापाको अर्जुनधाराबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –११ तिलकेनीका ३० वर्षीय दावा तामाङ रहेका छन् । सोमबार साँझ १७ः३० बजे अर्जुनधारा नगरपालिका –११ का अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । शंका लागि चेकजाँच गर्ने क्रममा ब्राउनसुगर १३ ग्राम ८३० मिलिग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः असार २९, २०७८
    • 219 पटक पढिएको
  • फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

    तनहुँ / ज्यान मार्ने अभियोगमा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ज्यान मार्ने उद्योगमा कैद र जरिवाना फैसला तोकिएका प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको हो ।पक्राउ पर्नेमा व्यास नगरपालिका-१ स्थायी घर भई हाल व्यास-५ पतेनी बस्ने ४० वर्षीय पपे भन्ने पपेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिएका छन् । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०६० असार १२ गते आठ वर्ष कैद र ५२ हजार रुपैयाँको जरिवानाको फैसला सुनाएको थियो । त्यसैगरी, प्रहरीले अन्य चार फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । लागुऔषध र चरेसको मुद्दामा शुक्

    • प्रकाशित मितिः असार २९, २०७८
    • 66 पटक पढिएको
  • सप्तरीमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो

    सप्तरी / जिल्लामा छ महिनाका अवधिमा ५५ मानवाधिकार उल्लङ्घन र ज्यादतिका घटना भएका छन् । नेपाल मानवाधिकार वर्षपुस्तक २०२२ को तयारीका लागि इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सन् २०२१ जनवरीदेखि जुनसम्मका अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ ।इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आइतबार प्रस्तुत गरेको प्रतिवेदन अनुसार बालिका बलात्कारका १२ घटनामा पाँचदेखि १८ वर्षका १३ जना पीडित छन् । आरोपितमा १५ देखि ७१ वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित चार जना पुर्पक्षका लागि थुनामा, छ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता

    • प्रकाशित मितिः असार २८, २०७८
    • 79 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.