सप्तरी / जिल्लामा छ महिनाका अवधिमा ५५
मानवाधिकार उल्लङ्घन र ज्यादतिका घटना
भएका छन् । नेपाल मानवाधिकार वर्षपुस्तक २०२२ को तयारीका लागि
इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा
सन् २०२१ जनवरीदेखि जुनसम्मका अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख
गरिएको छ ।
इन्सेक
प्रतिनिधि मनोहरकुमार पोखरेलले आइतबार प्रस्तुत गरेको प्रतिवेदन अनुसार बालिका
बलात्कारका १२ घटनामा पाँचदेखि १८ वर्षका १३ जना पीडित छन् । आरोपितमा १५ देखि ७१
वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित चार जना पुर्पक्षका लागि थुनामा, छ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक धरौटीमा
रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन् ।
डाक्नेश्वरी
नगरपालिका–३ हटेलकी नौ
वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा छिमेकी १९ वर्षीय
रोहितकुमार यादव असार ६ गते पक्राउ परेका छन् । पीडितको हँसियाले घाँटी काटेर
हत्या गरिएको अवस्थामा असार ४ गते शव फेला परेको थियो ।
पहिलो पटक
मिर्गौला बेचबिखनको एक घटना पनि बाहिर आएको छ । वैशाख २७ गते पक्राउ आरोपित
सुरुङ्गा नगरपालिका–१ नैनडाबरका ३५ वर्षीय रमेश विश्वकर्मा मानसिक र शारीरिकरुपमा बिरामी
रहेकाले जेठ ४ गते जमानीमा छुटेका छन् । महिला बलात्कारका छ घटनामा दुई जना फरार, दुई जना धरौटीमा र दुई जना जमानीमा रिहा
भएका छन् । यो छ महिनाको अवधिमा गैरराज्यबाट दुई पुरुषको कुटपिटमा हत्या घटना भयो
। जसमा आठ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका चार जना पुर्पक्षका लागि
थुनामा छन् भने अर्को घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
महिला
बलात्कार प्रयासका छ वटा घटनामा दुई जना धरौटीमा रिहा भएका छन् भने दुई जना पक्राउ
परेका छैनन् र दुई जनाले उजुरी दिएनन् । एक महिलाको आत्महत्या दुरुत्सानमा उनका
पति असार ७ गते ६० हजार धरौटी राखी रिहा भएका छन् । बहुविवाहको चार घटनामा पाँच
जना आरोपितविरुद्ध म्यादी पुर्जी जारी भएको छ भने तीन जना धरौटी राखी रिहा भएका
छन् ।
एक महिलाको
गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले पाँच जनालाई जनही रु ३० हजार धरौटी लिइ
पुर्पक्षका लागि रिहा गरेको छ । भौतिक संरचना, सम्पत्ति क्षतिअन्तर्गत चार घटनामा दुई
आरोपित धरौटीमा र एक जमानीमा रिहा भएका छन् । आरोपित एक जनालाई म्यादी पुर्जी जारी
भएको छ भने पाँच जना पक्राउ परेका छैनन् ।
गैरराज्यबाट
यातनाका एक, विप्लब समूहका पक्राउको एक, कुटपिट/दुव्र्यवहारका चार, घरेलु हिंसाका पाँच घटना अभिलेख गरिएको छ
।