बिर्तामोड / झापाको अर्जुनधाराबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –११ तिलकेनीका ३० वर्षीय दावा तामाङ रहेका छन् ।
सोमबार साँझ १७ः३० बजे अर्जुनधारा नगरपालिका –११ का अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।
शंका लागि चेकजाँच गर्ने क्रममा ब्राउनसुगर १३ ग्राम ८३० मिलिग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।