समाचार

    Showing 25,171-25,180 of 26,065 items.
  • राजश्व छली गरेर ल्याएका दुई ट्याक्टर सामान नियन्त्रण

    विराटनगर / विराटनगरबाट कम मूल्यांकनमा भन्सार जाँचपास गरेर ल्याएको दुई ट्राकटर कपडा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।  बीआर ५० जी ५०३५ र को १ त ६८११ नम्बरको एउटा ट्याक्टर भन्सारबाट मुख्य राजमार्ग तर्फ आउने सडक र अर्को ट्राकटर जतुवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सामान आइतबार राती भन्सारमा कार्यरत कर्मचारीको  मिलेमत्तोमा विराटनगर -६ का अकबर अलिले ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएको ट्राकटर र सामान भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 1,774 पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिका सील

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सील गरिने भएको छ ।भोलि मंगलबार देखि १२ गते सम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सील गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिएका छन् ।पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताएका छन् ।कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँपालिका बासीलाई सुरक्षीत राख्न बाध्य भएर सील गर

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 421 पटक पढिएको
  • करेन्ट लागेर बालिकाको मृत्यु

    लमजुङ / राइनास नगरपालिका–७ सालफेदीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ बर्षिया सृष्टि पाण्डे रहेकी छन् ।आज बिहान ८ : ३५ बजे आफ्नै घरमा टिभी खोल्ने क्रममा सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताएका छन् ।उनि भन्छन् , “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन् ।   

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 78 पटक पढिएको
  • कालीगण्डकी करिडोर १८ दिनपछि खुल्यो

    बलेवा / बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन् ।करिडोर तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताएका छन् । बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिराले त्यहाँ रहेका चार सडकमा क्षति पुर्याएको थियो ।“दक्षिण

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 85 पटक पढिएको
  • पहिरोका कारण गलेश्वर क्षेत्रका बस्ती उच्च जोखिममा

    गलेश्वर / निरन्तर वर्षाका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ को बस्ती पहिरोको उच्च जोखिममा परेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही हुदाँ बस्ती पहिरोको जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।गत वर्षदेखि निर्माण सुरु गरिएको सडक कमजोर र भिरालो जमीनमा जथाभावीरूपमा बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन् । सडक बनाउँदा पर्याप्त सावधानी नअपनाएका कारण बस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी टककुमारी छन्त्यालले बताएकि छन् । कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पूरै पाखो खस्न थालेको छन्त्यालको भनाइ छ। वर्षौंदेखि ब

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 66 पटक पढिएको
  • हत्यामा संलग्न एक पक्राउ

    संखुवासभा / भोजपुरको साल्पासिलिचो गाउँपालिका- ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार बसोबास गर्ने २५ बर्षीय युवराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।असार ३० गते खाँदवारी नगरपालिका-९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परे पछि प्रहरीले  गरेको अनुसन्धानमा मृतककै मित छोरा नाता पर्ने राईलाई सोधपुछ गर्ने क्रममा घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।  

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 73 पटक पढिएको
  • फरार दुई प्रतिवादी पक्राउ

    बिराटनगर / बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ परेका छन् ।बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार रुपैयाँ जरिवाना फैसला भएका रामधुनी नगरपालिका-८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । त्यसैगरी, कर्तव्य ज्यान मुद्धामा सम्मानीत जिल्ला अदालत चितवनको २०७७/१०/१२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ-४ काठमाण्डौका १९ ब

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 72 पटक पढिएको
  • चोरीको मोटरसाईकल सहित १ जना पक्राउ

    सुनसरी / बर्जु गाँउपालिका-२ बाट चोरीको मोटरसाईकल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगंज-५ का ४० बर्षीय बिरेन्द्र राम रहेको ईलाका प्रहरी कार्यालय सितागंजले जानकारी दिएको छ ।आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका-३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा परिचालन भएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न रामलाई पक्राउ गरेको प्रह्रिली जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 78 पटक पढिएको
  • अटो दुर्घटना १ जनाको मृत्यु

    सुनसरी / ईटहरी उप–महानगरपालिका-३ मा अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी-४ की ३३ बर्षीया रिया पोखरेल रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जानकारी दिएको छ ।ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा अटोमा सवार पोखरेल घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागी बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 71 पटक पढिएको
  • प्रविधिमैत्री बन्दै न्यायालय

    गलकोट / अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार हुन्छ । फैसलाको पूर्णपाठ अदालतमा तयार मात्रै हुँदैन, उच्च अदालत पोखरा बागलुङ इजलासको वेबसाइटमा समेत अपलोड हुन्छ । जबकि २१ दिनभित्र फैसलाको पूर्णपाठ तयार गर्नुपर्ने अदालतको नियम छ ।उच्च अदालत पोखरा बागलुङ इजलासले पछिल्लो समय आफूलाई प्रविधिमैत्री बनाएर न्याय सम्पादनमा चुस्तता प्रदान गर्न थालेको छ । जनतामा न्याय महँगो छ, ढिलासुस्ती छ भन्ने भ्रम चिर्नका लागि न्यायालयले आफूलाई छिटोछरितो बनाउनका लागि डिजिटल प्रविधिलाई आत्मसात् गरेको छ । अहिले घरमै बसेर मुद्दा नम्बरका आधारमा फैसला र पूर्णपाठ अनलाइनमै पढ्न पाउने

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.