बिराटनगर / बैकिङ कसुर तथा
कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार
प्रतिवादीलाई पक्राउ परेका छन् ।
बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला
अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार रुपैयाँ जरिवाना
फैसला भएका रामधुनी नगरपालिका-८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश
प्रहरी कार्यालय बिराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
त्यसैगरी, कर्तव्य ज्यान मुद्धामा
सम्मानीत जिल्ला अदालत चितवनको २०७७/१०/१२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५
लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ-४ काठमाण्डौका १९ बर्षीय
पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आईतवार
सुनसरीको तरहराबाट पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जनालाई तोकिएको कैद
तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्ला अदालतमा बुझाएको प्रेदश नम्बर
१ प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।