समाचार

    Showing 24,231-24,240 of 26,051 items.
  • प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौँ / भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानसेनापति शर्माले जयशंकरलाई उनको कार्यकक्षमा भेटेका हुन् ।भेटपछि एक तस्वीर ट्वीट गर्दै जयशंकरले भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’ शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका छन् । नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रही आएको छ ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 87 पटक पढिएको
  • कैलाली हत्या प्रकरण : आठ जना पक्राउ

    कैलाली \ कैलालीको लम्कीचुहा नगरपालिका – १ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा लम्कीचुहा –३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा –१ का २२ वर्षीय कपिल श्रेष्ठ तथा १८ वर्षीय किशोर, टीकापुर नगरपालिका –१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह रहेका छन् । बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले हि

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 93 पटक पढिएको
  • एकै पटक ९५ डिएसपीको सरुवा (सूचीसहित)

    झापा / प्रहरी प्रधान कार्यालयले एकैपटक ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरीले बिहीबार डिएसपीहरूको सरुवा सूची सार्वजनिक गरेको हो ।सरुवा भएका डीएसपीहरुको सूची यसप्रकार छ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 110 पटक पढिएको
  • व्रतालु महिलाको साडीमा आगो लाग्दा..........

    महोत्तरी \ महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टी स्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दीप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका – ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएको थियो । आगोले उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकोमा  थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएकाले गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जान

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 96 पटक पढिएको
  • बसको ठक्करबाट २ को मृत्यु, एक घाइते

    सप्तरी  / सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका –२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले बीआर३८आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।बसको ठक्करले गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बलुवा –३ निवासी २२ वर्षीय राजुकुमार तिवारीलाई उपचारका लागि विराराटनगर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।मोटरसाइकलमा सवार नाम

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 65 पटक पढिएको
  • उपत्यकासहित देशभर चिसो बढ्दै

    काठमाडौँ / काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।    जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा छ ।दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना छैन”, उनले भनिन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 96 पटक पढिएको
  • अब इन्टरनेटबिनै ह्वाट्सएप चलाउन मिल्ने

    एजेन्सी / समाजिक सञ्जाल ह्वाट्सएप इन्टरनेट बिनानै चल्ने भएको छ । एक नयाँ फिचरका साथ प्रयोगकर्ताले ह्वाट्सएप इन्टरनेट बिनानै चलाउन पाउने भएका हुन् । अव एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा नजोडी मल्टि डिभाइस फिचरको प्रयोग गर्न पाउने भएका छन् । ह्वाट्सएपका अनुसार अब प्रयोगकर्तालाई प्राथमिक स्मार्टफोनको आवश्यकताबिनै अन्य उपकरणहरूमा ह्वाट्सएप लिंक गर्ने अनुमति दिनेछ । प्राइमरी स्मार्ट फोन विनै डिभाइसहरू कनेक्ट गर्ने नयाँ फिचर पनि परीक्षणको चरणमा अर्थात् बेटा स्टेजमा रहेको छ । यो एक अप्टइन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेन्यूमा लिंक्ड डिभाइसेसको विकल्

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 92 पटक पढिएको
  • १ सय २२ किलो गाजा सहित एक पक्राउ

    मकवानपुर / मकवानपुरबाट १ सय २२ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका –२ का नरबहादुर मुक्तान रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई मनहरी गाउँपालिका –९ जयसिंहबाट पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले १ सय २२ किलो गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 85 पटक पढिएको
  • १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पत्रकार पक्राउ

    काठमाडौँ / १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका –८ का २४ वर्षीय सञ्जय नाथ रहेका छन् । नाथ विरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुममा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नाथ पत्रकार हुन् । उनले गत सोमबार ती किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ। उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो। 

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 80 पटक पढिएको
  • ट्रक र बस एक आपसमा ठोकिँदा २ को मृत्यु, १५ घाइते

    मकवानपुर \ मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।जनकपुरबाट काठमाडौँ तर्फ आइरहेको ना२ख ८७६ नं को रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश (२) ०३०१ ख ५०३५ नं को ट्रकले मंगलबार राति हेटौँडा स्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् । रिमालका अनुुसार घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडा स्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको  छ । 

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.