विराटनगर । विराटनगरमा मध्यराति चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको भाग्ने क्रममा तीन तलाबाट खसेर मृत्यु भएको छ।विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५ देखि ४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्ति छिमेकीको घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका थिए। उनी घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएर होहल्ला गरेका थिए।होहल्लापछि छरछिमेकीसमेत जम्मा हुन थालेपछि पक्राउ पर्ने डरले भाग्ने क्रममा उनले तीन तलामाथिबाट हाम्फालेको प्रहरीको प्रार
देशबन्धु बिश्वामित्र \ इस्लाम विश्वका प्रमुख धर्महरूमध्ये एक हो। यसको उदयदेखि नै यसको धार्मिक शिक्षा, दर्शन, सामाजिक दृष्टिकोण र अनुयायीहरूको जीवनशैलीबारे विभिन्न प्रकारका बहस, आलोचना र प्रश्न उठ्दै आएका छन्। आज सूचना र सञ्चारको पहुँच अभूतपूर्व रूपमा विस्तार भएको छ। तर सूचनाको मात्रा बढ्दैमा सत्यप्रतिको हाम्रो पहुँच स्वतः सुनिश्चित हुँदैन। सन्दर्भविहीन सूचना, एकपक्षीय सञ्चारमाध्यम, राजनीतिक स्वार्थ र सामाजिक पूर्वाग्रहले कुनै पनि धर्म वा समुदायबारे गलत धारणा निर्माण गर्न सक्छ। इस्लाम पनि यसबाट अछुतो छैन।कतिपय मानिस इस्लामलाई हिंसा र उग्रवादसँग जोड्छन्। कतिपयले ‘अल्लाह’लाई कुनै विशे
काठमाडौं— बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेका बेला अनुमति बिना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन भइरहेका छन्। सोही क्षेत्रमा केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन उडाइरहेको पाइएको भन्दै प्राधिकरणले ध्यानाकर्षण गराएको हो।प्राधिकरणका अनुसार अनधिकृत रूपमा ड्रोन उडाउँदा उद्धारका लागि परिचालित हेलिकोप्टरसँग हवाई क्षेत्रमा जोखिम बढ्नुका साथै खोज तथा उद्धार कार्य
काठमाडौं— बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ मार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य सुरु भएको बताइएको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पु¥याउन यो प्रयास महत्त्वपूर्ण मानिएक
काठमाडौं— प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली— ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ । अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन् ।रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ । घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने
काठमाडौं— विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ ।महानगरपालिकाले आज बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा गाडी महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन् ।बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले महानगरले टोली परिचालन गरिएको हो ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०९ रुपैया
रसुवा । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।बाढी र पहिरोको जोखिम बढेपछि सुरक्षा निकाय तथा स्थानीय प्रशासनले नदी किनारमा बसोबास गर्ने सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न र विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।यता, पहिरोका कारण नारायणगढ–मुग्लिङ हुँदै पोखरा तथा काठमाडौं जाने–आउने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोकिएको चितवन प्रहरीले जनाएको छ।मुख्य राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।यसअघि चीन–नेपाल सीमाक्षेत्र नजिकै हिमनदी खसेपछि ल्
काठमाडौं— देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमतीका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा समेत मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका वि
देवेन्द्र किशोर \ रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले केही क्षणमै एउटा सीमावर्ती भूगोललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चिन्ताको विषय बनायो। हिमाली क्षेत्रमा आएको आकस्मिक प्राकृतिक विपद्ले रसुवाका बस्ती, सडक, पुल, व्यापारिक तथा सीमा संरचना प्रभावित बनाउनुका साथै यसको प्रत्यक्ष र अप्रत्यक्ष असर चीनको तिब्बत र भारतसम्म पनि जोडिएको देखियो। प्रकृतिको एउटा घटनाले सीमाना, राज्य र प्रशासनिक विभाजनलाई क्षणभरमै अर्थहीन बनाइदियो। यसले फेरि एकपटक प्रमाणित गर्यो—हिमालय साझा छ, नदी साझा छन् र विपद्को जोखिम पनि साझा छ।यस विपद्को पृष्ठभूमिमा नेपाल र चीनबीचको सम्बन्धलाई
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.