समाचार

    Showing 23,971-23,980 of 26,043 items.
  • बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण

    चितवन / चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको जहाज आपतकालीन अवतरण गरेको छ । काठमाडौँ उडेको बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजमा यान्त्रिक गडबडी आएपछि केही बेरमै पुनः भरतपुरमै अवतरण गरेको हो । दिउँसो १ः १६ बजे आकाशमा उड्ने बित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दीपक विकले जानकारी दिए ।  जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए । उक्त जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरी

    • प्रकाशित मितिः पुस १, २०७८
    • 73 पटक पढिएको
  • आगलागी हुँदा १४ लाखको क्षति

    धनुषा / धनुषाको क्षीरेश्वरनाथ नगरपालिका –५, महेन्द्रनगरस्थित एक किराना पसलमा आगलागी हुँदा १४ लाखको क्षति भएको छ ।महेन्द्रनगरमा सन्दिप चौधरीले सञ्चालन गरेको सप्तरङ्ग किराना पसलमा बुधबार मध्यराति आगलागी भएको हो । आगलागीबाट पसलको सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताएका छन ।आगलागी हुनुको ठोस कारण खुल्न नसके पनि विद्युत् सर्ट तथा पूजा गर्न बालिएको धूपबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।आगलागीबाट पसलमा भएका खाद्यान्न, मसला, तेललगायत किराना का समान गरी करिब १४ लाख मूल्य बराबरको क्षति

    • प्रकाशित मितिः पुस १, २०७८
    • 59 पटक पढिएको
  • घाँस काट्न गएका भुजेल मृत भेटिए

     कनकाई / कनकाई नगरपालिका २ स्थित जामुनबारी सामुदायिक वनमा  घाँस काट्न गएका ७८ वर्षीय कृष्ण भुजेल मृत भेटिएका छन । भुजेलको   हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ ।घाँस काट्न गएका भुजेल तीनदेखि हराइरहेका थिए ।सुरूङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले सोमबार दिउँसो घाँस काट्न जङ्गल गएका भुजेल रातिसम्म पनि घर नआएपछि उनको खोजी सुरु भएको थियो ।प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा सामुदायिक बनभित्र बुधबार दिउँसोमात्रै भुजेल मृत फेला परेका थिएघटनाको प्रकृति र आसपासको क्षेत्रको अध्ययन अनुसन्धानले भुजेललाई हात्तीले मारेक

    • प्रकाशित मितिः पुस १, २०७८
    • 56 पटक पढिएको
  • निकुञ्जका एक सय गोही राप्ती नदीमा छोडिने

    चितवन / चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय घडियाल गोही नदीमा छोड्ने तयारी गरिएको छ । केही दिनअघि १० गोही राप्ती नदीमा छाडिसकिएको छ । गोही प्रजनन केन्द्रका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार यस आर्थिक वर्षमा गोही नदीमा छाड्ने तयारी गरिएको छ । प्रजनन केन्द्रमा हाल ८५० गोही छन् ।हुर्किएका चार/पाँच वर्षका गोही छाडिने छ । गतवर्ष नदीमा गोही छाडिएन । गोहीको सङ्ख्या बढ्दै जाँदा खर्चिलो भएकाले यसवर्ष १०० हाराहारी गोही छोड्ने तयारी गरिएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राप्ती, नारायणी र रिउको तल्लो भागमा गोही छोड्

    • प्रकाशित मितिः पुस १, २०७८
    • 68 पटक पढिएको
  • सुनसरीमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु र २ जना घाईते

    सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउपालिका ६ स्थितमा प्रदेश १ ०२ ०४४  प  ३५४० नम्बरको मोटरसाइकलले ठक्कर दिदा  स्थानीय ४० वर्षीय बैजनाथ ऋषिदेवको मृत्यु भएको छ  ।  ठक्कर दिई  घाइते भएका  ऋषिदेव सहित मोटरसाइकल चालक भोक्राहा ८ का २१ वर्षीय सराज आलम, पछाडि सवार २३ वर्षीय ईरसाद आलम र महपुज आलम समेत  घाईते भएका छन । उनिहरुलाई  उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्याइएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १, २०७८
    • 59 पटक पढिएको
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    कन्काई  / कन्काई नगरपालिका ३ स्थित पर्व पश्चिम राजमार्गमा बुधबार राति ट्रकले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको ना ६ ख ५७१३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा रहेकी कन्काई नगरपालिका ८ बस्ने ३८ बर्षिया राधिका सेडाईलाई ठक्कर दिएको थियो  । सेडाईलाई उपचारका लागि बिर्तासिटी अस्पताल ल्याइएकोमा थप उपचारका लागि बि एण्ड सी अस्पतालमा ल्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्रक र ट्रकका चालक सर्लाही बागमती नगरपालिका बस्ने २९ बर्षिय उतम वाइबा प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपनिरीक्षक बसन्त पाठकले जानकारी द

    • प्रकाशित मितिः पुस १, २०७८
    • 64 पटक पढिएको
  • सवारी दुर्घटनामा २ को मृत्यु

     दुर्गापुर / झापामा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा परि  २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कन्काई नगरपालिका ७ दुर्गापुरमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको न ५ ख ७९३६ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मृत्यु भएको होमृत्यु हुनेमा मोटरसाइकल चालक इलाम रोङ गाउपालिका ६ बस्ने ३३ वर्षीय सन्तोष राइ र मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय  बिचका चन्द्र बहादुर राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । उनिहरुलाई  उपचारका लागी बि एण्ड सि अस्पताल ल्याइएको  उपचारका क्रममा मृत्यु भएको प्

    • प्रकाशित मितिः पुस १, २०७८
    • 64 पटक पढिएको
  • चिनियाँ आक्रमण पत्ता लगाउन अमेरिकाले बनायो सफ्टवेयर

    एजेन्सी  / र अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमाण्डरहरूले विकसित गरेको सफ्टवेयरले सैन्य अभ्यास र अन्य अमेरिका विरोधी गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ ।प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानकारी दिनेछन् । मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानकारी लिएकी थिइन् ।रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान ग

    • प्रकाशित मितिः पुस १, २०७८
    • 153 पटक पढिएको
  • कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

    कञ्चनपुर  / जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो ।कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ । ‘कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं,’ उनले भने, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।’कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ । कारागारमा क्षमताभन्दा बढी ४२५ कैदीबन्दीलाई राखिएको छ । स्था

    • प्रकाशित मितिः पुस १, २०७८
    • 81 पटक पढिएको
  • दमकमा हतियार प्रयोग गरी युवाको हत्या

    दमक/ झापाको दमक बजारमा  बुधबार बेलुका ७ बजे एक युवकको हत्या भएको छ । दमक ६ स्थित घिमिरे मार्केटमा  दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या भएको हो ।                                  इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले धारिलो हतियार प्रयोगबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको बताएका छन ।               हतियार प्रहारबाट घाईते भएका उनको उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्नको खोजी थालिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 234 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.