धनुषा / धनुषाको क्षीरेश्वरनाथ नगरपालिका –५, महेन्द्रनगरस्थित एक किराना पसलमा आगलागी हुँदा १४ लाखको क्षति भएको छ ।

महेन्द्रनगरमा सन्दिप चौधरीले सञ्चालन गरेको सप्तरङ्ग किराना पसलमा बुधबार मध्यराति आगलागी भएको हो । आगलागीबाट पसलको सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताएका छन ।

OM Sai Pathibhara Hospital

आगलागी हुनुको ठोस कारण खुल्न नसके पनि विद्युत् सर्ट तथा पूजा गर्न बालिएको धूपबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट पसलमा भएका खाद्यान्न, मसला, तेललगायत किराना का समान गरी करिब १४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले निरीक्षक यादवले भने । स्थानीयवासी र दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन ।