एजेन्सी  / र अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमाण्डरहरूले विकसित गरेको सफ्टवेयरले सैन्य अभ्यास र अन्य अमेरिका विरोधी गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ ।

प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानकारी दिनेछन् । मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानकारी लिएकी थिइन् ।

OM Sai Pathibhara Hospital

रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान गर्नेछ । । सफ्टवेयरले सन् २००० को सुरु देखिका तथ्यांक विश्लेषण गर्नुका साथै अमेरिका र चीनबीचको सम्बन्धलाई असर गर्ने महत्वपूर्ण गतिविधि निगरानी गर्छ ।

कम्प्युटरमा आधारित सो प्रणालीले प्रशान्त क्षेत्रमा चीनका उत्तेजक गतिविधिबारे अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनलाई जानकारी दिनेछ ।

केही दिन अघिमात्रै अमेरिका र क्यानडाले प्रशान्त क्षेत्र र ताइवान टापुको शान्ति र स्थिरतामा अमेरिकाले धावा बोलेको चीनको सेनाले आरोप लगाएको थियो ।

प्रशान्त क्षेत्रमा चीनका अस्वभाविक गतिविधिका कारण नयाँ प्रविधिको विकास गर्न बाध्य भएको अमेरिकाले जनाएको छ ।