कनकाई / कनकाई नगरपालिका २ स्थित जामुनबारी सामुदायिक वनमा घाँस काट्न गएका ७८ वर्षीय कृष्ण भुजेल मृत भेटिएका छन ।
भुजेलको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ ।
घाँस काट्न गएका भुजेल तीनदेखि हराइरहेका थिए ।
सुरूङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले सोमबार दिउँसो घाँस काट्न जङ्गल गएका भुजेल रातिसम्म पनि घर नआएपछि उनको खोजी सुरु भएको थियो ।
प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा सामुदायिक बनभित्र बुधबार दिउँसोमात्रै भुजेल मृत फेला परेका थिए
घटनाको प्रकृति र आसपासको क्षेत्रको अध्ययन अनुसन्धानले भुजेललाई हात्तीले मारेको पुष्टि भएको प्रहरीले जनाएको छ ।