समाचार

    Showing 23,161-23,170 of 26,027 items.
  • फरार अभियुक्त पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण

    सर्लाही  / सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण भएको छ । बिहीबार राति फरार भएका अभियुक्तलाई समात्न जाने क्रममा लालबन्दी नगरपालिका –१२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् ।घाइते यादवको काठमाडौँस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले जानकारी दिए । एसपी प्रसाईँका अनुसार आक्रमण गर्ने समूह फरार भएको र उनीहरूको खोजी भइरहेको छ । 

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 96 पटक पढिएको
  • नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

    काठमाडौँ / बेलायत सरकारले १९८० देखि १९९० को दशकमा नेपालबाट हराएका प्राचीन मूर्ति मध्येका दुई मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरेका हुन् । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो भने १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो ।गैरकानूनीरूपमा प्राचीन सामग्री ओसारपसार

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 103 पटक पढिएको
  • रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

    रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा-१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ , भने दुईजना घाइते भएका छन् । शुक्रवार बेलुकी रा १ त ३३७३ नम्बरको ट्रयाक्टर पुथाउत्तरगंगा गाउँपालिका-१२ गर्खानीमा दुर्घटनामा पर्दा घाइते भएका तीनजना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 62 पटक पढिएको
  • नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

    काठमाडौं  / नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ ।गणतन्त्र सिसेल्सको भ्रमणमा रहेएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेका द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो । रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्‍याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । वैदेशिक र

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 72 पटक पढिएको
  • ओली सरकारका नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ हुँदै

    बिर्तामोड / तत्कालीन ओली सरकारले संवैधानिक आयोगका गरेका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ।सर्वोच्च अदालतको संवैधानिक इजलासमा ओली सरकारले संवैधानिक आयोगमा गरिएका नियुक्तिविरुद्ध परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ हुने भएको हो । आजको संवैधानिक इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ ।अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । ‘

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 56 पटक पढिएको
  • मोटरसाइकलबाट खसेर रुपन्देहीमा एकको मृत्यु

    रुपन्देही / रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट खस्दा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापाको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना पश्चात मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 63 पटक पढिएको
  • आज तराईमा होली मनाइँदै

    बिर्तामोड / हिमाली तथा पहाडी क्षेत्रमा बिहीबार मनाइएको होली देशको तराई(मधेश क्षेत्रमा आज मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाउने परम्परा रहेको छ । सरकारले तराईका जिल्लाहरुमा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोेकेकोे फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ ।शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली )फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 140 पटक पढिएको
  • फागुन महिनाको सर्वोत्कृष्ट प्रहरीमा कुँवर

    विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । सर्वोकृष्ट प्रहरी  घोषित हुनेमा इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर रहेका छन् ।निजले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै उनको कार्यको उच्च मुल्याङ्कन गर्दै २०७८ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।   प्रहरी कर्मचारीहरूको मनोबल उच

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 84 पटक पढिएको
  • होलीका लागि दुई अर्ब रुपैयाँको रङ्ग आयात

    बिर्तामोड / व्यापार घाटा चुलिएर अर्थतन्त्र नै सङ्कटमा फसेका बेला मनोरञ्जनका लागि उपयोग हुने कम उपयोगी बस्तुको आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।फागु पूर्णिमाका लागि आवश्यक रङ्ग सहितका सामाग्री आयातका लागि मात्रै मुलुकबाट दुई अर्ब भन्दा बढि रुपैयाँ विदेशिएको हो । व्यापार घाटा कम गर्न सरकार र अन्य सरकारी निकायले चासो देखाउँदै कोसिस गरिरहेका बेला सार्वजनिक भएको पछिल्लो तथ्याङ्कले नागरिक समेत जागरुक अनि सचेत नहुने हो भने व्यापार घाटा कम गर्न कठिन रहेको अनुमान गर्न थालिएको छ ।अर्थ मन्त्रालय मातहतको भन्सार विभागको तथ्याङ्कले चालु आर्थिक वर्षको सात महिना अर्थात माघ महिना

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 83 पटक पढिएको
  • उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १०८ सवारीसाधन कारबाहीमा

    काठमाडौँ / उपत्यकामा आज (बिहीबार) होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने एक सय आठ सवारीसाधन कारबाहीमा परेका छन्। ट्राफिक नियमको उल्लंघन गर्ने एक सय चार वटा दुई पाङ्ग्रे र चार वटा चार पाङ्ग्रे गाडी कारवाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए। दासका अनुसार कारबाहीमा पर्नेहरूमा मापसे गर्ने, सवारीचालक अनुमतिपत्र नबोक्नेहरू रहेको महाशाखाले जनाएको छ। होलीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजरमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था तयार पारिएको छ। त्यसअनुसार महाशाखाले काठमाडौं उपत्यकामा ६८ ठाउँमा विशेष चेक पोइन्ट राखेको छ।&n

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.