बिर्तामोड / हिमाली तथा पहाडी क्षेत्रमा बिहीबार मनाइएको होली देशको तराई(मधेश क्षेत्रमा आज मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाउने परम्परा रहेको छ । 

सरकारले तराईका जिल्लाहरुमा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोेकेकोे फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ ।

OM Sai Pathibhara Hospital

शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली )फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।