समाचार

    Showing 23,101-23,110 of 26,026 items.
  • १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

    कैलाली / १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा शुक्रबार कैलालीबाट प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।पक्राउ पर्नेमा  घोडाघोडी नगरपालिका वडा नम्बर ६ का  ५० वर्षीय कल्लु दमाइ रहेको प्रहरीले जनाएको छ ।घाँस काट्न गएका बेला बालिका बलात्कार गरेको उजुरी परे पछि उनलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 65 पटक पढिएको
  • उदयपुरमा सवारी दुर्घटना हुदाँ १ को मृत्यु १४ घाईते

    उदयपुर / उदयपुरमा आइतबार दिउँसो सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने, १४ जना घाईते भएका छन् । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुंगा सुनकोशी गाउँपालिका-४ का ५४ वर्षीय खेम बहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।  कार्कीको उपचारका क्रममा बिर अस्पताल काठमाण्डौमा मृत्यु भएको हो । घाईते १४ जनाको उपचारको लागि बिभिन्न अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ ।  ओखलढुङ्गाबाट उदयपुरको कटारी तर्फ आँउदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 61 पटक पढिएको
  • काठमाडौंमा निलम गहनाका सञ्चालक शाक्यले आफ्नै साझेदारको १२ करोड ठगी गरेको आरोप

    काठमाडौं / काठमाडौंको न्युरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यले आफ्नै साझेदार भारतीय व्यापारी नरेश बर्माको करिब साढे १२ करोड रुपैयाँ ठगी गरेको सार्वजनिक भएको  छ ।यो प्रकरण प्रहरीसम्म पुगेको लामो समय भइसक्दा पनि विवाद अझै मिल्न सकेको छैन । सुनचाँदी व्यापार संघका अध्यक्ष मणिरत्न शाक्य र सुरेश शाक्य प्रहरीसँग मिलेर  सेटिङ्मा विवाद मिलाउन खोजेको र पीडित नरेशको पक्ष नलिइ  शाक्यको पक्ष लिएको आरोप छ ।आइतबार दुबै पक्षबीच वार्ता चलेको थियो  तर, पसल सञ्चालक सागरले २ करोड मात्रै तिर्न तयार रहेको बताएपछि वार्ता भाँडिएको थियो ।  पीडित

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 149 पटक पढिएको
  • रौतहटका स्थानीयलाई १५ दिन भित्र सबै हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

     रौतहट //रौतहटका स्थानीयलाई १५ दिन भित्र सबै हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरको छ।आउँदो बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै हतियार बुझाउन प्रशासनले आग्रह गरेको हो । आइतबार एक सुचना जारि गर्दै आउँदो निर्वाचनसम्मका लागि सुचना जारी गरेको मितिले १५ दिन भित्र नजिकैको प्रहरी इकाईमार्फत  हातहतियार बुझाउन भनिएको छ। इजाजतपत्र प्राप्त गरि राखिएका हातहतियार निर्वाचनपश्चात फिर्ता पाउन सकिने सुचनामा उल्लेख गरिएको छ। 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 103 पटक पढिएको
  • धनुषामा प्रहरी र व्यवसायीबीच झडप हुदाँ २ जना घाइते

    धनुषा / धनुषामा व्यवसायी र प्रहरीबीच झडप हुदाँ प्रहरी सहित २ जना घाइते  भएका छन् । आइतबार धनुषाको विदेह नगरपालिका तिनकौरीयामा व्यापारी र प्रहरीबीच हुँदा प्रहरीसहित दुईजना घाइते भएका हुन्  । अज्ञात समूहले स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पानपसलमा आगजनी गरेका थिए । गएराती करिब साढे ११ बजे भएको घटनाको विषयलाई लिएर प्रहरी र स्थानीय तहका प्रतिनिधिहरूले लापरबाही गरेको भन्दै प्रर्दशनी गरेका हुन ।  प्रहरीले अश्रुग्यास प्रहार गरेर आन्दोलन नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 75 पटक पढिएको
  • १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

    भक्तपुर / १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियार रहेका छन् ।  उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिए पश्चात शनिबार राति उनलाई पक्राउ गरिएको भक्तपुर परिसरका डीएसपी राजु पाण्डेले  बताए । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 70 पटक पढिएको
  • मोरङमा चाँदीको गर-गहना लुट्ने ४ जना पक्राउ

    मोरङको / बेलवारीमा गत ८ गते  चाँदीको गर-गहना लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-३ का सबिन विश्वकर्मा, बर्दिबास नगरपालिका-१ का मनोज ठाकुर, रौतामाई गाउँपालिका-६ उदयपुरका विशाल बि.क. र ईटहरी-५ का बर्षीय बादल बि.क.रहेका छन् । उनीहरुले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेका थिए ।  विषेश सूचनाका आधारमा खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले लुटपाटमा संलग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 196 पटक पढिएको
  • हात्ती तस्करी गर्ने दुई जना पक्राउ

    पर्सा  /  गैरकानूनी तरिकाले बिक्री वितरण  गर्नका लागी २ वटा हात्ती नेपालबाट भरत तर्फ लगिरहेको अवस्थामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चितवन भरतपुर महानगरपालिका जितपुरका बुद्धिराम महतो र राजु कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरूलाई पक्राउ गरेको छ । हात्तीलाई शनिबार अपरान्ह पर्साको पकहामैनपुर गाउँपालिका भएर उनीहरूले हात्ती भारत तर्फ लगिरहेका थिए । प्रहरीले हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने जनाएको छ । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 72 पटक पढिएको
  • सर्लाहीमा बस दुर्घटना हुदाँ ४ को मृत्यु २५ घाइते

    सर्लाही  / सर्लाहीमा आइतबार यात्रुबाहक बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ  भने , बसमा सवार २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । सर्लाहीको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत फुलजोरमा बस दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेहरूको पहिचान भने खुलेको छैन ।वीरगन्जबाट जनकपुरतिर जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस फुलजोरस्थित फुलजोर  खोलामा पसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताएका छन् ।इलाका प्रहरी कार्यालय लालबन्दीले दिएको जानकारी अनुसार मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 54 पटक पढिएको
  • ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु ३ घाईते

    ताप्लेजुङ / ताप्लेजुङमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ , भने अन्य ३ जना घाईते भएका छन् । शनिबार बेलुका ६ बजे फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा फुङलिङ नगरपालिका-८ का २८ वर्षीय रूपेश राई रहेका छन् । फुङलिङ नगरपालिकाको भित्री  सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आँउदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै राईको मृत्यु भएको हो , भने अन्य ३ जनाको  जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 60 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.