काठमाडौं काठमाडौंको न्युरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यले आफ्नै साझेदार भारतीय व्यापारी नरेश बर्माको करिब साढे १२ करोड रुपैयाँ ठगी गरेको सार्वजनिक भएको  छ ।

OM Sai Pathibhara Hospital

यो प्रकरण प्रहरीसम्म पुगेको लामो समय भइसक्दा पनि विवाद अझै मिल्न सकेको छैन । सुनचाँदी व्यापार संघका अध्यक्ष मणिरत्न शाक्य र सुरेश शाक्य प्रहरीसँग मिलेर  सेटिङ्मा विवाद मिलाउन खोजेको  पीडित नरेशको पक्ष नलिइ  शाक्यको पक्ष लिएको आरोप छ ।

आइतबार दुबै पक्षबीच वार्ता चलेको थियो  तर, पसल सञ्चालक सागरले २ करोड मात्रै तिर्न तयार रहेको बताएपछि वार्ता भाँडिएको थियो ।  पीडित भनिएका बर्मा आफूले ब्याज बाहेक ९ करोड पाउनुपर्ने दाबी गरेका छन् । 
प्रहरीले गहनाका सञ्चालक शाक्य र भारतीय व्यापारी नरेश बर्माबीचको कारोबार लिखित नभएको भन्दै उनले मौखिक विवादमा टुंग्याउने कोसिस गरेका थिए । विवादलाई लिएर केही सञ्चार माध्यमसँग अध्यक्ष मणिरत्नले आफू मध्यस्तकर्ताको भूमिकामा रहेको बताएका छन् । तर, उनले मध्यस्तकर्ता भन्दा पनि विचौलियाको भूमिकामा रहेको आरोप पीडित पक्षको छ ।