पर्सा  /  गैरकानूनी तरिकाले बिक्री वितरण  गर्नका लागी २ वटा हात्ती नेपालबाट भरत तर्फ लगिरहेको अवस्थामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  चितवन भरतपुर महानगरपालिका जितपुरका बुद्धिराम महतो र राजु कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरूलाई पक्राउ गरेको छ । 

OM Sai Pathibhara Hospital

हात्तीलाई शनिबार अपरान्ह पर्साको पकहामैनपुर गाउँपालिका भएर उनीहरूले हात्ती भारत तर्फ लगिरहेका थिए । प्रहरीले हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने जनाएको छ ।