मोरङको / बेलवारीमा गत ८ गते चाँदीको गर-गहना लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-३ का सबिन विश्वकर्मा, बर्दिबास नगरपालिका-१ का मनोज ठाकुर, रौतामाई गाउँपालिका-६ उदयपुरका विशाल बि.क. र ईटहरी-५ का बर्षीय बादल बि.क.रहेका छन् ।
उनीहरुले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेका थिए । विषेश सूचनाका आधारमा खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले लुटपाटमा संलग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भइरहेको छ । पक्राउ परेका ब्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।