रौतहट //रौतहटका स्थानीयलाई १५ दिन भित्र सबै हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरको छ।

आउँदो बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै हतियार बुझाउन प्रशासनले आग्रह गरेको हो ।

OM Sai Pathibhara Hospital

आइतबार एक सुचना जारि गर्दै आउँदो निर्वाचनसम्मका लागि सुचना जारी गरेको मितिले १५ दिन भित्र नजिकैको प्रहरी इकाईमार्फत  हातहतियार बुझाउन भनिएको छ।

इजाजतपत्र प्राप्त गरि राखिएका हातहतियार निर्वाचनपश्चात फिर्ता पाउन सकिने सुचनामा उल्लेख गरिएको छ।